एकाइ ३७ · विश्वको हावापानी : धरातलीय विविधता र प्रभाव

विश्वको हावापानी : धरातलीय विविधता र प्रभाव

सामाजिक अध्ययनविषय
८ minअनुमानित समय
१धरातलीय स्वरूपले जनजीवनमा प्रभाव पार्दछ भन्ने तथ्यलाई नेपालको दृष्टान्त दिई प्रमाणित गर्नुहोस् ।
२सघन वन क्षेत्रमा धेरै प्रजातिका जनावर पाइन्छन्, किन ? कारण दिनुहोस् ।
३नेपालको उत्तरी क्षेत्र पाँच हजार मिटर माथिको उचाइमा बोटबिरुवा पाइँदैन, किन ?
४संस्कृति र संस्कारलाई पनि हावापानी र धरातलले प्रभाव पारेको हुन्छ भन्ने तथ्यलाई आफ्नो परिवेशको उदाहरण दिई प्रस्ट पार्नुहोस् ।
५भूमध्यरेखीय हावापानी र साइबेरिया प्रकारको हावापानीबीच कुनै चार फरक लेख्नुहोस् ।
६कोणधारी वनस्पतिका विशेषता लेख्दै ती विशेषताले चिसो क्षेत्रमा बाँच्न कसरी मद्दत गर्छन्, प्रस्ट पार्नुहोस् ।
७जर्मनीका प्रतिनिधिले बताएको क्षेत्र किन उद्योग, व्यापार र सेवामा अगाडि छ होला ? हावापानी र धरातलका आधारमा लेख्नुहोस् ।
८ब्राजिलको जमिन समथर हुनुको फाइदा र बेफाइदा के के छन् ?