एकाइ ३८ · उत्तर अमेरिका महादेश

उत्तर अमेरिका महादेश

सामाजिक अध्ययनविषय
८ minअनुमानित समय
१उत्तर अमेरिकाका विकसित राष्ट्र र नेपालबिच आर्थिक सामाजिक अवस्थाको तुलना गर्नुहोस्।
२अमेरिकाको क्यालिफोर्निया क्षेत्रमा हिउँदमा र दक्षिण पूर्वी क्षेत्रमा ग्रीष्ममा पानी पर्छ। एउटै देशमा पनि यस्तो भिन्नता किन भएको होला, कारण दिनुहोस्।
३मानौँ तपाईँ उत्तर अमेरिकाको उत्तरी क्यानाडाको बासिन्दा हुनुहुन्छ, तपाईँले गर्ने आर्थिक क्रियाकलाप के के हुन्छन्, सामाजिक रहनसहन र त्यहाँको वनस्पति कस्तो हुन्छ ? विवरण प्रस्तुत गर्नुहोस्।
४उत्तर अमेरिकाका पूर्वी क्षेत्रमा पश्चिमी क्षेत्रभन्दा ठुला सहर विकास भएका छन्। यसका कारणहरू उल्लेख गर्नुहोस्।
५नेपाल कृषि प्रधान देश भएर पनि कृषि उत्पादनमा आत्मनिर्भर बन्न नसकेको सन्दर्भमा जम्मा ३% मानिस कृषिमा संलग्न रही खाद्यान्नमा आत्मनिर्भर बनेको संयुक्त राज्य अमेरिकाबाट के शिक्षा पाइन्छ ?
६नेपालको लेकाली घाँसे क्षेत्र र प्रेरिजको घाँसे मैदानबिच के के भिन्नता पाइन्छन् ?
७उत्तर अमेरिकाको स्थिति र विस्तार लेख्नुहोस्।
८उत्तर अमेरिकालाई नयाँ संसार किन भनिन्छ ?
९रकी पर्वत श्रेणी र अपलेचियन पर्वत श्रेणीबिच फरक छुट्याउनुहोस्।
१०उत्तर अमेरिकामा उत्तरदेखि दक्षिणतर्फ पाइने वनस्पतिको वर्णन गर्नुहोस्।
११उत्तर अमेरिकाको आर्थिक अवस्था बलियो हुनुका कारणहरू लेख्नुहोस्।
१२उत्तर अमेरिकाको सामाजिक जनजीवनका विशेषताहरू लेख्नुहोस्।