१भूमध्यरेखीय र उष्ण मरुस्थलीय हावापानीबिच फरक छुट्याउनुहोस्।
२नेपाल मौसमी हावापानीका क्षेत्रमा पर्ने भए तापनि हिमाली, पहाडी र तराई क्षेत्रका वनस्पतिबिचमा समानता छैन। कारण उल्लेख गर्नुहोस्।
३सभाना क्षेत्रमा बस्ने र अमेजन क्षेत्रमा बसोबास गर्ने मानिसको जीवनशैलीमा के के भिन्नता छ?
४उष्ण तृणभूमिका मानिसको कमजोर आर्थिक अवस्थालाई पर्यटन विकास गरी सुधार गर्न सकिन्छ। यस भनाइलाई उदाहरणसहित पुष्टि गर्नुहोस्।
५मरुद्यान भनेको के हो? यसको महत्त्व सम्बन्धमा चर्चा गर्नुहोस्।
६सहारा मरुभूमिको क्षेत्रमा घुम्न जाने योजना बनाउनु थियो। न त त्यहाँको तापक्रमको अवस्था थाहा छ, न त ठाउँ। कस्ता लुगा लानुपर्ने हो, के मा यात्रा गर्ने होला? केही उपाय बताइदिनुहोस्।
७मलेसिया, सिङ्गापुर, इन्डोनेसियातिर हरेक दिन मध्याह्नमा ठुलो पानी पर्छ। सिङ्गापुरमा स्विटर ज्याकेटलगायतका न्याना कपडा वर्षभरि लाउनु पर्दैन भनिन्छ। यस्तो कसरी सम्भव भयो?
८सभाना क्षेत्रमा बस्ने चराको तौल धेरै हुने, फुल भुइँमा पार्ने, उडेर वेग हान्न नसक्ने तर मज्जाले दौडिन सक्ने हुन्छन्। यसको कारण के होला?
९भूमध्यरेखीय क्षेत्रलाई जैविक विविधताका लागि किन प्रसिद्ध मानिन्छ?
१०उष्ण मौसमी क्षेत्रको जनघनत्व किन उच्च छ?
११उष्ण तृणभूमिलाई फरक देशमा के के नामले चिनिन्छ?
१२मरुस्थलका घरहरू प्रायः मुण्डा किन हुन्छन्?