१शीत प्रदेशको अवस्थिति उल्लेख गर्नुहोस्।
२टाइगा भनेको के हो? यसको महत्त्व बुँदागत रूपमा प्रस्तुत गर्नुहोस्।
३अति चिसो ठाउँ हुँदा पनि टुन्ड्रा प्रदेशका आदिवासीहरू हिउँकै घर इग्लुमा बस्छन्, किन? कारण दिनुहोस्।
४शीत प्रदेशको अति उत्तरी र दक्षिणी केही भागमा छ महिना दिन र छ महिना रात हुन्छ। के कारणले यस्तो भएको होला?
५टाइगा क्षेत्र र टुन्ड्रा प्रदेशको हावापानीमा के के फरक छन्?
६टाइगा क्षेत्रमा कृषि कार्य कम हुनुका कारण के हुन्?
७टुन्ड्रा प्रदेशका आदिवासीले आफ्नो जीविका कसरी चलाउँछन्?
८उत्तरी ध्रुवतिर मानिस बसोबास गर्छन् तर दक्षिणी ध्रुवको अन्टार्कटिकामा मानव बस्ती छैन, किन?
९नेपालको हिमाली क्षेत्रमा पनि टुन्ड्राजस्तै चिसो हुन्छ, तर जनजीवन किन फरक छ?