१राष्ट्रिय मानव अधिकार आयोगको स्थापनाको औचित्य प्रस्ट पार्नुहोस्।
२एम्नेस्टी इन्टरनेसनलले मानव अधिकारका क्षेत्रमा गर्दै आएका मुख्य कार्यको सूची तयार पार्नुहोस्।
३इन्सेकले मानव अधिकारका क्षेत्रमा पुर्याएको योगदानको चर्चा गर्नुहोस्।
४मानव अधिकारको क्षेत्रमा कार्यरत धेरै सङ्घ/संस्था हुँदाहुँदै पनि मानव अधिकार उल्लङ्घनका घटना किन बढिरहेका होलान्?
५मानव अधिकारको संरक्षणमा कुनै एक व्यक्ति वा संस्थाको भूमिका मात्र किन पर्याप्त हुँदैन?
६राष्ट्रिय मानव अधिकार आयोगको मूल नारा के हो? यसका तीन शब्दको अर्थ लेख्नुहोस्।
७एम्नेस्टी इन्टरनेसनलको सङ्क्षिप्त परिचय दिनुहोस्।
८राष्ट्रिय मानव अधिकार आयोग र एम्नेस्टी इन्टरनेसनलबीच कुनै तीन फरक लेख्नुहोस्।
९मानव अधिकार संरक्षण र प्रवर्धनमा एक विद्यार्थीले के कस्तो भूमिका खेल्न सक्छ?