१मानव बेचबिखन भनेको के हो? यसबाट बच्न के के गर्नुपर्ला?
२नेपालमा मानव बेचबिखन विरुद्ध सरकारी तथा गैरसरकारी संस्थाले गरेका प्रयासबाट कस्ता उपलब्धि हासिल भएका छन्? लेख्नुहोस्।
३मानव बेचबिखनबाट व्यक्ति र समाजमा पर्ने असरहरूको सूची बनाउनुहोस्।
४नेपालबाट विभिन्न राष्ट्रहरूमा वैदेशिक रोजगारीका नाममा मानव तस्करी गर्ने अन्तर्राष्ट्रिय गिरोहको सञ्जालमा नेपालीहरू पनि नराम्रोसँग फसेका देखिन्छ। यस्तो तस्करी केका लागि हुने गर्छ, खोजी गरी यस्तो समस्या निराकरण गर्न कसकसले के के गर्नुपर्छ, लेख्नुहोस्।
५धनवीरको घटनामा उसले कुन कुन अपराध गरेको देखिन्छ? यो घटनाले के सन्देश दिन्छ?
६नेपालमा मानव बेचबिखन हुनुका मुख्य कारणहरू के के हुन्?
७मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अनुसार बालबालिकासम्बन्धी कसुरमा किन बढी सजाय राखिएको होला?
८वर्ष २०७५/७६ को तथ्याङ्कका आधारमा नेपालमा मानव बेचबिखनको अवस्थाबारे तीनवटा निष्कर्ष लेख्नुहोस्।
९कसैले तपाईंलाई विदेशमा राम्रो जागिर दिलाइदिन्छु भन्यो भने त्यो व्यक्ति दलाल हुन सक्छ कि भनेर कसरी चिन्न सकिन्छ?
१०बेचबिखनबाट उद्धार भएका चेली र बालबालिकाको पुनःस्थापना कसरी गर्न सकिन्छ?