१जेष्ठ नागरिकको महत्त्व कुनै चार बुँदामा उल्लेख गर्नुहोस्।
२"जेष्ठ नागरिक हाम्रा पथप्रदर्शक, संस्कृति, मूल्यमान्यता र परम्पराका स्रोत हुन्" यस भनाइलाई तर्कसहित पुष्टि गर्नुहोस्।
३असहाय र अपाङ्गता भएका व्यक्तिको सुविधा र संरक्षणका लागि भएका कानुनी व्यवस्थाहरू के के छन्, उल्लेख गर्नुहोस्।
४अपाङ्गता भएका व्यक्तिलाई दया माया होइन, अवसर प्रदान गर्नुपर्छ, किन?
५सामाजिक दायित्व भनेको के हो? जेष्ठ नागरिक, असहाय र अपाङ्गता भएका व्यक्तिप्रतिको सामाजिक दायित्व वहन गर्दा समाजमा के फाइदा हुन्छ?
६जेष्ठ नागरिकका लागि राज्यले गरेका व्यवस्थाहरू उल्लेख गर्नुहोस्।
७राज्यले सुविधा दिए पनि जेष्ठ नागरिकप्रति हाम्रो आफ्नै दायित्व किन छ? हामीले के के गर्नुपर्छ?
८अपाङ्गता मैत्री वातावरण भनेको के हो? यसका कुनै दुई उदाहरण दिनुहोस्।
९विद्यार्थीको रूपमा तपाईँले आफ्नो विद्यालय र समुदायमा अपाङ्गता भएका साथी र जेष्ठ नागरिकका लागि गर्न सक्ने कुनै तीन काम लेख्नुहोस्।