एकाइ ९ · हाम्रा राष्ट्रिय सम्पदा

हाम्रा राष्ट्रिय सम्पदा

सामाजिक अध्ययनविषय
८ minअनुमानित समय
१राष्ट्रिय सम्पदा भनेको के हो? ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक सम्पदाको एक एकओटा उदाहरण दिनुहोस्।
२मूर्त र अमूर्त सम्पदा भनेको के हो? उदाहरणसहित लेख्नुहोस्।
३हाम्रा राष्ट्रिय सम्पदाको आर्थिक, सामाजिक एवम् सांस्कृतिक महत्त्व उल्लेख गर्नुहोस्।
४राष्ट्रिय सम्पदा संरक्षणमा प्रेरणा जगाउने नारा तयार गर्नुहोस्।
५"राष्ट्रिय सम्पदा संरक्षणमा सरोकारवालाको भूमिका" शीर्षकमा सम्पादकीय तयार गर्नुहोस्।
६विश्व सम्पदा सूचीमा सूचीकृत नेपालका सम्पदा क्षेत्रहरू कुन कुन हुन्? तिनलाई प्रकारका आधारमा छुट्याउनुहोस्।
७चाँगुनारायण मन्दिरलाई लिच्छवीकालीन इतिहासको जीवित स्रोत किन भनिन्छ?
८स्वयम्भूनाथ स्तूपमा धार्मिक सहिष्णुता कसरी देखिन्छ?
९चितवन राष्ट्रिय निकुञ्ज र सगरमाथा राष्ट्रिय निकुञ्जबीच तुलना गर्नुहोस्।
१०लुम्बिनीलाई विश्वभरका बौद्धमार्गीहरूको पवित्र तीर्थस्थल किन मानिन्छ? त्यहाँ कुन कुन सम्पदा छन्?
११काठमाडौँ, पाटन र भक्तपुर दरबार क्षेत्रमा पर्ने दुई दुईओटा सम्पदाको नाम लेख्नुहोस्। यी तीनै दरबार क्षेत्रमा के समानता छ?
१२सम्पदा संरक्षणका कुनै पाँच उपाय लेख्नुहोस्।