१२०७८ सालको जनगणनाअनुसार सबैभन्दा कम जनसङ्ख्या भएको जिल्ला कुन हो?
२२०७८ सालको जनगणनाअनुसार सबैभन्दा बढी जनसङ्ख्या भएको जिल्ला कुन हो?
३नेपालमा जिल्लागत रूपमा जनसङ्ख्या वितरण असमान हुनुका कारण छलफल गरी निष्कर्ष प्रस्तुत गर्नुहोस्।
४प्रदेशअनुसार जनसङ्ख्या वितरणको अवस्थालाई स्तम्भ चित्रमा प्रस्तुत गरी विश्लेषण गर्नुहोस्।
५वि.सं. २०६८ को जनगणनाभन्दा वि.सं. २०७८ को जनगणनामा सहरी जनसङ्ख्याको प्रतिशत बढ्दै गएको देखिन्छ। यसरी सहरी जनसङ्ख्या बढ्दै जानुका कारण खोजी गरी प्रस्तुत गर्नुहोस्।
६तपाईंको स्थानीय तहको जनसङ्ख्यासम्बन्धी विवरणलाई स्तम्भ चित्रमा देखाउनुहोस्।
७नेपालको भौगोलिक क्षेत्रअनुसारको जनसङ्ख्या वितरणको प्रवृत्ति उल्लेख गर्नुहोस्।
८जनसङ्ख्याको वितरण भनेको के हो?
९नेपालको भौगोलिक क्षेत्रअनुसार जनसङ्ख्याको वितरणको अवस्था उल्लेख गर्नुहोस्।
१०भौगोलिक क्षेत्रअनुसार र प्रदेशअनुसार जनसङ्ख्याको वितरण समान रूपमा भएको पाइँदैन। यसका कारण उल्लेख गर्नुहोस्।
११नेपालमा रहेको जनसङ्ख्या वितरणको असमान अवस्थालाई कसरी न्यूनीकरण गर्न सकिन्छ? सुझाव प्रस्तुत गर्नुहोस्।
१२सहरी जनसङ्ख्या र ग्रामीण जनसङ्ख्या कसरी छुट्याइन्छ?
१३बागमती प्रदेशमा सबैभन्दा धेरै र कर्णाली प्रदेशमा सबैभन्दा कम जनसङ्ख्या हुनुका कारण लेख्नुहोस्।
१४जनसङ्ख्याको असमान वितरणले के कस्ता असर पार्छ?
१५सरकारलाई जनसङ्ख्याको वितरणको जानकारी किन आवश्यक पर्छ?