१राउटे समुदायका के के विशेषता छन्?
२बाह्य समाजसँग घुलमिल नहुँदा उनीहरूले कस्ता समस्यासँग सामना गर्नुपरेको छ?
३राउटे समुदायले उनीहरूबाहेकको समुदायसँग सहकार्य, समन्वय र सहयोगको आदानप्रदान गर्न किन आवश्यक छ?
४सामाजिकीकरण भनेको के हो?
५सामाजिकीकरणको महत्त्व उल्लेख गर्नुहोस्।
६प्रेम र स्नेहले सामाजिकीकरणमा कसरी सहयोग गर्छ, प्रस्ट पार्नुहोस्।
७सामाजिकीकरणका माध्यम वा निकाय के के हुन्, तीमध्ये तपाईँका विचारमा सबैभन्दा महत्त्वपूर्ण निकाय वा माध्यम कुन हो र किन?
८मानिस जैविक प्राणीबाट कसरी सामाजिक प्राणीमा रूपान्तरण हुन्छ? उदाहरणसहित प्रस्ट पार्नुहोस्।
९तपाईँले आफ्नो घर छिमेकमा कस्ता सामाजिकीकरणका अभ्यास गर्नुभएको छ? ती अभ्यासले सामाजिकपनको विकास गर्न कसरी मद्दत पुर्याएका छन्, लेख्नुहोस्।
१०सामाजिकीकरणका तत्त्व र माध्यमबिच के फरक छ?
११दौँतरी समूहले सामाजिकीकरणमा कसरी भूमिका खेल्छ?
१२भाषालाई सामाजिकीकरणको तत्त्व किन मानिन्छ? राउटे समुदायको उदाहरण दिनुहोस्।