१'नयाँ कुराको खोजी' भन्ने अर्थ दिने शब्द 'मेरो देशको शिक्षा' निबन्धबाट खोजेर लेख्नुहोस्।
२'खास विषयको गुण दोष आदिको मूल्याङ्कन' भन्ने अर्थ दिने शब्द निबन्धबाट खोजेर लेख्नुहोस्।
३'जीवन निर्वाहका लागि गरिने काम' भन्ने अर्थ दिने शब्द निबन्धबाट खोजेर लेख्नुहोस्।
४'महत्त्वपूर्ण मानिएका ठुला आकारका पठनीय सामग्री' भन्ने अर्थ दिने शब्द निबन्धबाट खोजेर लेख्नुहोस्।
५'शिष्ट वा सभ्य मानिसको आचरण' भन्ने अर्थ दिने शब्द निबन्धबाट खोजेर लेख्नुहोस्।
६यी शब्द र अर्थबिच जोडा मिलाउनुहोस्: मुहान, तीर्थाटन, पसिना, मार्ग, त्रुटि, खानी, प्राचीन। अर्थहरू: परिश्रम गर्दा शरीरबाट निस्कने पानी, पुरातन, उद्गमस्थल, पुराण, प्रसन्न, तीर्थयात्रा, गल्ती, धेरै चिज उत्पन्न भएको ठाउँ, बाटो।
७यो अनुच्छेद पढेर प्राविधिक, पारिभाषिक शब्द पहिचान गरी लेख्नुहोस्: 'शिक्षण सिकाइको महत्त्वपूर्ण पक्ष शिक्षक हो। शिक्षकले पाठ्यक्रमअनुसार विषयवस्तुमा आधारित भएर शिक्षण गर्नु अपरिहार्य हुन्छ। शिक्षणलाई प्रभावकारी बनाउन पाठयोजना बनाउनसमेत अनिवार्य हुन्छ। पाठयोजनाभित्र विशिष्ट उद्देश्य, पाठ्यवस्तु, शैक्षणिक सामग्री, सिकाइ सहजीकरण क्रियाकलाप, मूल्याङ्कन र गृहकार्य रहन्छन्।'
८'मेरो देशको शिक्षा' निबन्धबाट कुनै पाँचओटा पारिभाषिक शब्द खोजी वाक्यमा प्रयोग गर्नुहोस्।
९'मेरो देशको शिक्षा' निबन्ध आत्मपरक हो कि वस्तुपरक?
१०'व्यवसायमूलक शिक्षाका ... बन्नु हो' अनुच्छेदको शीर्ष वाक्य कुन हो?
११वाक्य संरचनाका दृष्टिले निबन्धको सबभन्दा लामो अनुच्छेद कुन हो?
१२प्राचीन सभ्यता र संस्कृतिसँग सम्बन्धित कुरा निबन्धको कुन अनुच्छेदमा आएको छ?
१३समालोचनात्मक चिन्तनसम्बन्धी अंशका आधारमा: दीक्षित व्यक्तिमा कस्तो क्षमता हुनुपर्छ?
१४स्वस्थ चिन्तनमा कुन कुरा पर्छ?
१५'समालोचनात्मक चिन्तन शिक्षाकै एउटा पाटो हो' भन्नुको आशय के हो?
१६समालोचनात्मक चिन्तनसम्बन्धी निबन्धांशको भनाइप्रति तपाईं सहमत वा असहमत के हुनुहुन्छ, तर्क दिनुहोस्।
१७'मेरो देशको शिक्षा' निबन्धमा कस्तो व्यवसायमूलक शिक्षाको अपेक्षा गरिएको छ?
१८शिक्षाले मानव जीवनका कुन कुन कुरामा सुधार ल्याउँछ?
१९विज्ञान र प्रविधिमा आधारित शिक्षाको महत्त्व लेख्नुहोस्।
२०'मेरो देशको शिक्षा' निबन्धको मुख्य सन्देश के हो?
२१व्याख्या गर्नुहोस्: 'आत्मनिर्भरताको लक्ष्य स्वरोजगार बन्नु हो।'
२२व्याख्या गर्नुहोस्: 'शिक्षित व्यक्तिमा शिष्टाचार, प्रतिबद्धता, सांस्कृतिक सद्भाव, सामाजिक सद्व्यवहारका क्षमता हुनु जरुरी छ।'
२३कार्यालयमा महिला अधिकारीसामु सेवाग्राही उभिएको चित्र वर्णन गर्नुहोस्।
२४'शिक्षालाई भूगोल ... पाउने छन्' निबन्धांश मौन पठन गर्नुहोस् र चारओटा बुँदा टिपोट गरी सारांश लेख्नुहोस्।
२५तपाईंलाई नेपालको भावी शिक्षा कस्तो हुनुपर्छ भन्ने लाग्छ, 'मेरो देशको शिक्षा' निबन्धका आधारमा समीक्षात्मक उत्तर लेख्नुहोस्।
२६'मेरो सोच: मेरो भविष्य' शीर्षकमा आत्मपरक अनुच्छेद लेख्नुहोस्।
२७कानुनसम्बन्धी अनुच्छेदका आधारमा: कानुन भन्नाले के बुझिन्छ?
२८कानुनका स्रोत के के हुन्?
२९कानुनलाई किन बाध्यकारी शक्ति मानिन्छ?
३०कानुनको महत्त्व लेख्नुहोस्।
३१कानुनसम्बन्धी अनुच्छेदबाट कर्तृवाच्यका दुईओटा वाक्य टिप्नुहोस्।
३२'यसले समाजमा शान्ति, सुव्यवस्था कायम गरी सुशासन र विधिको शासनलाई संस्थागत गर्छ।' वाक्यलाई कर्मवाच्यमा रूपान्तरण गर्नुहोस्।
३३कानुनसम्बन्धी यो अंशबाट 'य' प्रयोग भएका दुईओटा र 'ए' प्रयोग भएका दुईओटा शब्द पहिचान गरी अर्थ लेख्नुहोस्: 'राज्यको शासन सञ्चालन गर्ने कार्य विधि, पद्धति एवम् नियमको समष्टिलाई कानुन मानिन्छ। सामाजिक हित र न्यायलाई केन्द्रमा राखी ... अन्तर्राष्ट्रिय अदालतबाट भएका फैसला ...'
३४एक जना मान्छेले प्रसिद्ध चिकित्सकलाई आफ्नो छोरालाई गुलियो कम खान भनिदिन आग्रह गरे। चिकित्सकले भोलि आउन भने र भोलिपल्ट मात्र बालकलाई सल्लाह दिए। किन भोलि पर्खेको भनी सोध्दा उनले भने, 'हिजोसम्म म आफैँ चिनी धेरै खान्थेँ। आफैँ गुलियो बढी खाने गरेको मैले अरूलाई कसरी गुलियो कम खान सल्लाह दिन सक्छु र?' यस दृष्टान्तबाट तपाईंले पनि अरूलाई कुनै विषयको सुधारका लागि सल्लाह दिनुपर्यो भने कसरी दिनुहुन्छ, आफ्नो दृष्टिकोण प्रस्तुत गर्नुहोस्।
३५इन्टरनेट बजारसम्बन्धी सुनाइ: इन्टरनेट बजारका लागि कुन कुरा आवश्यक हुन्छ: कम्प्युटर, मध्यस्थ कर्ता, पसल वा बैङ्क?
३६इन्टरनेट बजारमा नेटवर्क सञ्जालले क्रेता र विक्रेताबिच केको काम गर्छ: इन्टरनेट, सञ्चार माध्यम, आवतजावत वा प्रविधि?
३७इन्टरनेट बजारमा कमिसन दिनु नपर्ने कारण के हो: सामान धेरै सस्तो पाइनाले, ग्राहक आफैँ बजार जाने भएकाले, सामानलाई प्रशस्त छनोट गरिनाले वा मध्यस्थता कर्ता नभएकाले?
३८इन्टरनेट बजारको मुख्य सीमा कुनलाई मानिन्छ: सहज सम्पर्क, छनोटको अवसर, सीमित ग्राहक वा अव्यवस्थित भण्डारण?
३९इन्टरनेट बजार भनेको के हो?
४०इन्टरनेट व्यवसाय कसरी सञ्चालन गरिन्छ?
४१इन्टरनेट बजारका कुनै दुई विशेषता भन्नुहोस्।
४२इन्टरनेट बजारका मुख्य फाइदा भन्नुहोस्।
४३यी कर्तृवाच्यका वाक्यलाई कर्मवाच्यमा बदल्नुहोस्: विविषा कम्प्युटर किन्थिन्। दर्शन लेखाशास्त्र पढ्दै छन्। समीक्षाले गीत गाइन्। विद्यार्थीले शिक्षक भेटे। भाइले फुटबल किन्यो। उसले थुप्रै किताब खोजेको छ। मामाले भान्जीलाई बोलाउनुभयो।
४४यी कर्मवाच्यका वाक्यलाई कर्तृवाच्यमा बदल्नुहोस्: मेनुकाद्वारा नेपाली पढाइन्छ। आफू त लेख लेखिँदै छ। भोलि त गीत गाइएला। मद्वारा अनुस्का पुस्तकालयमा भेटिइन्। हामीद्वारा खेलकुदमा सहभागी भइयो। विश्वकप फुटबल खुब हेरियो।
४५यी कर्तृवाच्यका वाक्यलाई भाववाच्यमा बदल्नुहोस्: म बिहानै उठ्छु। उनीहरू घरबाट हिँडेछन्। हामी पोखरातिर घुम्न जान्छौँ। उनीहरू यहीँ बसे। साथीहरू मस्तसँग हाँस्थे। म दिक्तेल बजार घुम्ने छु।
४६यी भाववाच्यका वाक्यलाई कर्तृवाच्यमा बदल्नुहोस्: तिजमा मस्तसँग नाचिन्छ। कहाँबाट आइँदै छ? मैदानमा कुदियो। सानो हुँदा कुरै नबुझी रोइन्थ्यो। पढ्दापढ्दै निदाइएछ। पर्सि साफेबगर पुगिने छ।
४७'मेरो देशको शिक्षा' निबन्धको पहिलो र दोस्रो अनुच्छेदबाट पाँचओटा क्रियापद टिप्नुहोस् र तिनको वाच्य परिवर्तन गरी निबन्धको भन्दा अलग वाक्यमा प्रयोग गर्नुहोस्।
४८'मेरो देशको शिक्षा' निबन्धबाट 'य' र 'ए' प्रयोग भएका तीन तीनओटा शब्द टिप्नुहोस्।
४९यो अनुच्छेदका 'य' र 'ए' प्रयोगसम्बन्धी अशुद्धि सच्याएर लेख्नुहोस्: 'यउटा विद्यार्थी पढ्न विद्यालए गयछ। उसलाई प्रशासनिक कार्यालए खोज्न समए लागेछ। एसरी खोज्ने क्रममा साथीले सहयोग गरेछन्। उसले साथीलाई धन्एवाद दियछ।'
५०'सिकाइमा प्रविधिको उपयोग' शीर्षकमा १५० शब्दसम्मको निबन्ध लेख्नुहोस्।
५१'नेपालको आर्थिक विकासमा कृषिको भूमिका' शीर्षकमा १५० शब्दसम्मको निबन्ध लेख्नुहोस्।
५२'अभिभावकप्रति मेरो जिम्मेवारी' शीर्षकमा १५० शब्दसम्मको निबन्ध लेख्नुहोस्।
५३ज्ञानचक्षु र चर्मचक्षुबिच के फरक छ?
५४निबन्धकारले प्रविधिसम्बन्धी शिक्षामा कुन सचेतना आवश्यक ठानेका छन्?
५५'नेपाली माटामा सुन फलाउनु' र 'ज्ञानको नयाँ सगरमाथा' भन्ने अभिव्यक्तिको अर्थ स्पष्ट पार्नुहोस्।
५६कर्मवाच्य र भाववाच्य कसरी छुट्याउनुहुन्छ? एक एक उदाहरण दिनुहोस्।
५७निबन्धकारले शिक्षाका क्षेत्रमा आजका कुन कुन उपलब्धिलाई गर्व गर्न लायक मानेका छन्?