पाठ ८ · नेपाली हाम्रो श्रम र सिप

नेपाली हाम्रो श्रम र सिप

नेपालीविषय
८ minअनुमानित समय
१दिइएका शब्दको अर्थ लेख्नुहोस्: कला, श्रम, सितो, आलस्य, रहस्य, सम्पदा, चोखो, स्वर्ग
२'नेपाली हाम्रो श्रम र सिप' कविताबाट पाँच जोडी लय मिल्दा शब्द पहिचान गरी लेख्नुहोस् ।
३दिइएको अनुच्छेदबाट समान संरचनायुक्त शब्द पहिचान गरी अर्थ पहिल्याउनुहोस्: 'हाम्रो विद्यालयका १० कक्षाका सारा विद्यार्थी बस चढेर बारा घुम्न हिँड्यौँ । ... बाटामा बस गुड्डु गुड्दै थियो । पानी दरर दर्कँदै थियो । बरर असिना बर्सँदै थियो । हाम्रो बस टक्क अडियो । बसबाट सट्ट झरियो । ... हामी गएपछि होटल खचाखच भयो ।'
४दिइएका शब्दलाई वाक्यमा प्रयोग गर्नुहोस्: स्वदेश, पसिना, सिप, पुर्खा, भाषा, सितो, विज्ञान
५तपाईँको समाजमा प्रचलित चाडपर्वसँग सम्बन्धित छओटा शब्द टिपोट गरी वाक्यमा प्रयोग गर्नुहोस् ।
६नेपाल, पहाड, श्रम, सुन, देश शब्दको उच्चारण गरी कविता पढ्दाको उच्चारण र स्वतन्त्र उच्चारणमा हुने भिन्नता पहिचान गर्नुहोस् ।
७'नेपाली हाम्रो श्रम र सिप' कविताको अन्तिम श्लोक वाचन गर्नुहोस् र हरेक पङ्क्तिमा कति कतिओटा शब्द छन्, भन्नुहोस् ।
८अन्तिम श्लोकका हरफहरूको अन्त्यमा समान ध्वनि भएका दुई जोडी शब्द भन्नुहोस् ।
९आशिष दिने प्रसङ्ग कविताको कुन श्लोकको कुन पङ्क्तिमा आएको छ ?
१०'नेपाली हाम्रो श्रम र सिप स्वदेशमै लगाऊँ' भन्ने पङ्क्ति कवितामा कति पटक पुनरावृत्ति भएको छ ?
११'पहाड भन्छ पसिना पाए म स्वर्ग भुलाउँथेँ...' कवितांशका आधारमा: पहाडले पसिना खोज्नुको आशय खुलाउनुहोस् ।
१२तराईलाई सिँचाइ किन चाहिएको हो ?
१३होस्टेमा हैँसे गर्दा देशलाई कस्तो फाइदा पुग्छ ?
१४'श्रम र सिपलाई स्वदेशमै लगाउनुपर्छ' भन्ने भनाइलाई पुष्टि गर्नुहोस् ।
१५नेपाली धरती विश्वमै महान् छ भन्ने भनाइलाई कविताका आधारमा वर्णन गर्नुहोस् ।
१६कवितामा धार्मिक विविधतालाई कविले कसरी चिनाएका छन् ?
१७कविताको दोस्रो श्लोकको विषयवस्तु वर्णन गर्नुहोस् ।
१८'नेपाली हाम्रो श्रम र सिप' कविताको मूल भाव के हो ?
१९कविताको पहिलो श्लोक सुनेर शुद्धसँग लेख्नुहोस् ।
२०कविताका पङ्क्तिलाई व्याकरणिक क्रम मिलाएर लेख्नुहोस्: (क) पूर्वले दियो विश्वकै लागि रहस्य विशाल (ख) विश्वमै छैन धरती महान् यो देश समान (ग) नेपाल आमा यो दिव्य आभा जगाऊँ कसरी (घ) आलस्य निद्रा हीनता सारा भगाऊँ कसरी
२१भाव विस्तार गर्नुहोस्: 'नेपाल बाँचे नेपाली हाम्रो गौरव बाँच्ने छ / नेपाली भाषा संस्कृति कला साहित्य साँच्ने छ ।'
२२भाव विस्तार गर्नुहोस्: 'आशिष देऊ एकै र फेरि पसिना बगाऊँ / नेपाली हाम्रो श्रम र सिप स्वदेशमै लगाऊँ ।'
२३श्रम र सिपलाई स्वदेशमै कसरी उपयोग गर्न सकिन्छ, कविताका आधारमा समीक्षा गर्नुहोस् ।
२४मोतीराम भट्टको गजल 'किन चहियो ?' पढेर गजलको संरचनाबारे छलफल गर्नुहोस् ।
२५कविताका सुरुका चार पङ्क्तिबाट कुनै दुईओटा बोध प्रश्न निर्माण गरी तिनको उत्तर लेख्नुहोस् ।
२६बिमासम्बन्धी अनुच्छेदका आधारमा: बिमा भनेको के हो ?
२७बिमालाई एक प्रकारको सम्झौता मानिनुको कारण लेख्नुहोस् ।
२८सामाजिक बिमाअन्तर्गत के के पर्छन् ?
२९बिमाबाट के के फाइदा हुन्छ ?
३०बिमासम्बन्धी अनुच्छेदबाट एउटा उद्देश्य र विधेय विस्तारक वाक्य पहिचान गर्नुहोस् ।
३१बिमासम्बन्धी अनुच्छेदबाट एउटा जटिल वाक्य पहिचान गरी त्यसलाई सरल वाक्यमा परिवर्तन गर्नुहोस् ।
३२बिमासम्बन्धी अनुच्छेदबाट 'श', 'ष' र 'स' प्रयोग भएका एक एकओटा शब्द टिपोट गरी तिनको अर्थ लेख्नुहोस् ।
३३अरूबाट सम्मान पाउनेसम्बन्धी सन्दर्भ पढेर, कक्षामा आउनुभएका एक जना लोकप्रिय समाजसेवीका विशेषता बताउँदै तिनको सम्मान कसरी गर्नुहुन्छ, अभिनय गर्नुहोस् ।
३४सजीव तत्त्व भन्नाले के बुझिन्छ ?
३५पृथ्वीको वातावरणलाई कति किसिममा विभाजन गरिएको छ ?
३६महासागरको पानी नुनिलो हुनाको कारण के हो ?
३७वायु पारिस्थितिक प्रणालीको सिर्जना कसरी हुन्छ ?
३८पारिस्थितिक प्रणालीको सन्तुलनका लागि के के कुरामा ध्यान पुर्‍याउनुपर्छ ?
३९दिइएका वाक्य पढी उद्देश्य, विधेय तथा तिनको विस्तार पहिचान गर्नुहोस्: 'आफ्ना बायाँपट्टिका सबै पदलाई उद्देश्य विस्तार मान्ने वाक्यको कर्ता भनिने उद्देश्य चाहिँ आफ्ना बायाँपट्टिका सबै पदलाई विधेय विस्तार ठान्ने वाक्यको क्रिया भनिने विधेय खोज्न हिँड्यो ।'
४०दिइएका वाक्यबाट उद्देश्य र विधेय छुट्याउनुहोस्: (क) ४५ वर्षका कृष्ण राय गाउँका सबभन्दा भद्र मानिस थिए । (ख) माथ्ला घरकी साहिँली दिदी असाध्यै छिटो छिटो हिँडिन् । (ग) विचार गर्दागर्दै कृष्ण रायले रेलको डब्बामा भएको झगडा सम्झे ।
४१जुन...ती, जति...त्यति, भने, भन्ने जस्ता सापेक्ष संयोजक जोडेर पाँचओटा मिश्र वाक्य बनाउनुहोस् ।
४२र, अनि, वा, अथवा, तर जस्ता निरपेक्ष संयोजक जोडेर पाँचओटा संयुक्त वाक्य बनाउनुहोस् ।
४३सङ्केतका आधारमा वाक्य परिवर्तन गर्नुहोस्: (क) जब गड्गडाएर पानी पर्‍यो तब बाढी आयो । (सरल वाक्य) (ख) कुकुर भुक्छ । कुकुरले टोक्दैन । (मिश्र वाक्य) (ग) ऊ राम्रो पढ्छ र सफल हुन्छ । (सरल वाक्य) (घ) घाम लाग्यो । न्यानो भयो । (संयुक्त वाक्य) (ङ) म धेरै हिँडेँ । मेरा खुट्टा दुखे । (मिश्र वाक्य) (च) श्रमिकले श्रम गर्छन् । श्रमिकले जीविकोपार्जन गर्छन् । (संयुक्त वाक्य)
४४आफ्नो परिचय १० ओटा सरल वाक्यमा लेख्नुहोस् र त्यसलाई पाँचओटा संयुक्त वाक्यमा रूपान्तरण गर्नुहोस् ।
४५दिइएको अनुच्छेद पढी 'श', 'स' र 'ष' प्रयोग भएका शब्द छुट्याउनुहोस्: 'शवगृहमा आफन्तको शव देखेर आएजति सबका आँखा रसाए । षोडश वर्षीय बिस्ट सर सङ्खुवासभा, सोलुखुम्बु, पर्सा, सिराहा घुमेर हिजो मात्रै सुर्खेत पुगेका र आजै नेपाल वायुसेवाको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा झरेका थिए । कठै ! उनलाई राती हृदयघात भएछ । उनलाई श्रद्धाञ्जली दिन शम्भु सर, श्रुति मिस, विष्णु सर र सन्देश सर पनि आइपुगेका थिए ।'
४६'नेपाली हाम्रो श्रम र सिप' कविताबाट 'श', 'स' र 'ष' प्रयोग भएका तीन तीनओटा शब्द लेख्नुहोस् ।
४७'श', 'स' र 'ष' प्रयोगसम्बन्धी अशुद्धि सच्याएर पुनर्लेखन गर्नुहोस्: 'उसा भनेको बिहान हो र निसा भनेको षाँझ हो । हाम्रो बशोबाश षहरमा छ । राती भयो भने गाउँबाट षहरमा शजिलैषँग पुग्न शकिँदैन । नत्र धेरै कश्टषहित अँध्यारामा षहर फर्कनुपर्छ ।'
४८बुँद रानाको 'के गरूँ खै' गजल पढेर एउटा मुक्तक वा गजल तयार पार्नुहोस् ।
४९रेडियो, टेलिभिजन वा विद्युतीय सामग्रीबाट आफूलाई मन पर्ने गीति कविता टिपोट गरेर कक्षामा सुनाउनुहोस् ।
५०'होस्टेमा हैँसे' को अर्थ के हो र कवितामा यसको प्रयोग किन गरिएको छ ?
५१गजलमा रदिफ र काफियाबिच के फरक छ ? उदाहरणसहित लेख्नुहोस् ।
५२मिश्र वाक्य र संयुक्त वाक्यबिच दुईओटा फरक लेख्नुहोस् ।