१दिइएका शब्दको अर्थ लेख्नुहोस्: यश, रैती, अकलुषित, भरोसा, जमदार, गर्व, झटनी, अप्रिय, दुर्गुण, आर्जन, व्यापक
२दिइएको अनुच्छेदबाट अनेकार्थी शब्द खोजी तिनले दिने कम्तीमा दुई दुईओटा अर्थ लेख्नुहोस्: “पूजा तिज पर्व मनाउन हिराको हार लगाएर आफ्नै सुरमा माइत हिँडिन्। आमाले गत साल जसरी भए पनि आउन कर गर्नुभएको थियो तर मामाको घरमा दर कार्यक्रम भएकाले जान पाइनन्। दुई वर्षअगाडि उता जाँदा उनी वरको रुखको छेउमा बसेर जुनारको रस पिउँदै गएकी थिइन्। तिजको दिन रातो टीका लगाएर छमछम नाच्ने उनको रहर यसपालि पूरा हुने भएको छ।”
३दिइएको अनुच्छेद पढ्नुहोस् र अनुकरणात्मक शब्द पहिचान गर्नुहोस्: “चन्द्रराम गजक्क परेर बसेका बेला कुन्नि कसले प्याट्ट हिर्काएछ। चन्द्रराम धुरुधुरु रुन थालेछन्। उनी रोएको उनका छोराले टुलुटुलु हेरेछन्। ठुलो छोरो हर्कबहादुर फटाफट पुलिस चौकी गएछन्। स्याँस्याँ गर्दै हर्कबहादुर आएको देखेर हर्कबहादुरसँग पुलिस गुरुरु दौडिँदै चन्द्ररामकहाँ पुगेछन्।”
४‘शत्रु’ कथाको ‘कृष्ण राय जुरमुरिँदै .... शत्रु हुन सक्छ’ अंशको उपयुक्त ठाउँमा अनुकरणात्मक शब्द राखी पुनर्लेखन गर्नुहोस्।
५दिइएका शब्दलाई वाक्यमा प्रयोग गर्नुहोस्: सान्त्वना, सिद्धान्त, पुँजी, मध्यस्थ, फैसला, अङ्कमाल, स्वाभिमान, समर्थक, धैर्य
६दिइएका शब्दको शुद्ध उच्चारण गर्नुहोस्: तन्द्रा, आक्रमण, अकलुषित, दुर्गुण, मध्यस्थ, कृष्ण, बिछ्यौना, इन्स्पेक्टर, निर्दोष
७लेखाइमा ‘दिन’ र उच्चारणमा ‘दिन्’ हुने जस्तै लेखाइ र उच्चारण फरक फरक हुने अन्य कुनै दसओटा शब्द कथाबाट खोजेर लेख्नुहोस्।
८‘शत्रु’ कथा गति, यति मिलाई सस्वरवाचन गर्नुहोस्।
९‘शत्रु’ कथामा कृष्ण रायले रेलको डब्बामा भएको झगडा सम्झेको घटना कतिऔँ अनुच्छेदमा छ ?
१०कथामा कृष्ण रायको सोचलाई परिवर्तन गराउने मुख्य सन्दर्भ कुनलाई मानिन्छ ?
११कथाको पाँचौँ अनुच्छेदको शीर्ष वाक्य कुन हो ?
१२कथाको समापन कुन घटनाबाट भएको छ ?
१३‘शत्रु’ कथाको पहिलो अनुच्छेद शिक्षकबाट सुनेर लेख्नुहोस्।
१४कथांश पढी उत्तर दिनुहोस्: कृष्ण रायले गर्व गर्ने कुरा के थियो ?
१५कृष्ण रायले गोविन्द पण्डितमाथि किन शङ्का गरे ?
१६कृष्ण रायलाई गाउँमा सम्मान गर्नुको कारण के हो ?
१७‘मध्यस्थ दुवै पक्षको समर्थक हुन सक्दैन।’ भन्नुको तात्पर्य के हो ?
१८‘कृष्ण राय धेरै .... आर्जन गरे’ कथांशबाट छोटो उत्तरात्मक प्रश्न निर्माण गरी उक्त प्रश्नको उत्तर लेख्नुहोस्।
१९‘शत्रु’ कथाको चौथो अनुच्छेद मौन पठन गरी मुख्य मुख्य चारओटा बुँदा टिपोट गर्नुहोस्।
२०दिइएका बुँदाका आधारमा कृष्ण रायको चरित्र चित्रण गर्नुहोस्: (क) भद्र, शान्त र सहयोगी पात्र (ख) गाउँको झगडामा मध्यस्थको भूमिका निर्वाह गर्ने पात्र (ग) सबै कुराले सम्पन्न भएको पात्र (घ) आफ्नो कोही शत्रु नभएको ठान्ने पात्र (ङ) लट्ठी प्रहारपछि धेरैमाथि शङ्का व्यक्त गर्ने पात्र (च) आफ्ना विगतका प्रत्येक कार्यबाट शत्रु जन्मिएका हुन सक्ने ठानी मनमनै विचलित हुने पात्र (छ) शत्रु सबैका हुने रहेछन् भन्ने तत्त्वबोध गर्ने पात्र
२१दिइएका घटनालाई कथाका आधारमा क्रम मिलाएर लेख्नुहोस्: (क) काम बिगार्दा रामे नोकरमाथि रिसाएको घटना सम्झनु (ख) इन्स्पेक्टरले सोध्दा धेरैमाथि शङ्का व्यक्त गर्नु (ग) एक दिन लट्ठी प्रहार हुनु (घ) कृष्ण राय आँखामा राखे पनि नबिझाउने खालका हुनु (ङ) तिनका मनमा धेरै प्रकारका विचार आउनु (च) मध्यस्थताको भूमिका निर्वाह गर्दा जमदारको पक्षमा न्याय दिनु (छ) ४५ वर्षसम्म शत्रु नहुनु (ज) लट्ठीले आक्रमण गर्ने व्यक्तिको पहिचान नहुनु (झ) कुरामा कुरा चल्दा कृष्ण रायले उसलाई अप्रिय शब्द भन्नु
२२‘शत्रु’ कथाका कृष्ण रायको व्यक्तित्व कस्तो थियो ?
२३कृष्ण रायले किन आफूलाई शत्रुविहीन ठान्थे, वर्णन गर्नुहोस्।
२४यस कथाबाट के सन्देश पाइन्छ ?
२५प्रत्येक व्यक्तिका कृष्ण रायका जस्तै नदेखिने शत्रु होलान् त, कथाका आधारमा अनुमान गर्नुहोस्।
२६व्याख्या गर्नुहोस्: “कुनै पनि मध्यस्थ दुवै पक्षको समर्थक हुन सक्दैन।”
२७व्याख्या गर्नुहोस्: “कस्तो अचम्म, निर्दोष कुरामा पनि विषालु साँप जस्तो बैरी बनाउने साधन लुकिरहेको देखिन्छ।”
२८‘शत्रु’ कथाका कृष्ण रायमाथि लट्ठी प्रहार भएपछि पनि उनले किन शत्रु किटान गर्न सकेनन्, तर्क दिएर पुष्टि गर्नुहोस्।
२९कृष्ण रायका मनमा उब्जिएका मानसिक उतारचढावलाई ‘शत्रु’ कथाका आधारमा समीक्षा गर्नुहोस्।
३०‘शत्रु’ कथाका मुख्य मुख्य घटना नछुट्ने गरी कथासार लेख्नुहोस्।
३१अनुच्छेद पढी उत्तर दिनुहोस्: “नेपाल कलाका दृष्टिले उर्वर भूमि हो। नेपाली कलालाई विशेषतः चार भागमा वर्गीकरण गर्न सकिन्छ: वास्तुकला, चित्रकला, मूर्तिकला र काष्ठकला...” नेपाली कलालाई कति भागमा वर्गीकरण गरिएको छ ?
३२कस्ता चित्रलाई ग्रन्थचित्र भनिन्छ ?
३३पौभाचित्र भनेको कस्तो चित्र हो ?
३४मूर्तिकलाको विकास कहिलेबाट सुरु भएको पाइन्छ ?
३५‘नेपाली मूर्तिकलाको विकास लिच्छविकालदेखि सुरु भएको पाइन्छ।’ वाक्यलाई सम्भावनार्थमा परिवर्तन गर्नुहोस्।
३६‘विशेष प्रविधिका साथ कपडामा बनाइएको चित्रलाई पौभाचित्र भनिन्छ।’ वाक्यलाई इच्छार्थमा परिवर्तन गर्नुहोस्।
३७‘छापाखाना को आविष्कार हुनु भन्दा पहिले आफू लाई आवश्यकपर्ने पुस्तक र ग्रन्थ हातै ले लेखेर तयारपार्ने गरिन्थ्यो।’ वाक्यलाई पदयोग पदवियोग मिलाई पुनर्लेखन गर्नुहोस्।
३८दिइएको सन्दर्भ पढ्नुहोस्: धेरै वर्षदेखि विदेश बसेका दाइ घर जान आतुर छन् र आमाबुबा तथा विद्यालयका साथीलाई भेट्ने कल्पना गर्दै छन्। दाइ आफ्ना आमाबुबा र साथीभाइ भेट्न आतुर भएझैँ तपाईँ पनि लामो समयपछि घर फर्कँदाको कल्पना गरी तपाईँका मनमा जागेका उत्सुकताबारे साथीसँग अभिनयात्मक प्रस्तुति गर्नुहोस्।
३९अनुच्छेद पढी आज्ञार्थ र इच्छार्थ जनाउने क्रियापदको अलग अलग सूची बनाउनुहोस्: आमाले भन्नुभयो, “आज के तरकारी पकाऊँ ?” “घिरौँलाको तरकारी पकाउनुहोस् न, म टिपेर ल्याऊँ ?” मैले भनेँ। आमाले भन्नुभयो, “बाबु तैँले टिपेर ले। दिदीले तरकारी मिठो गरी पकाउन्। पकाएपछि तैँले घिरौँलाको तरकारीसँग भात खाएस् है। बहिनीले ले पनि खाओस्। दिदीले र दाइले पनि खाउन्।” सानी नानीको हात समाउँदै आमाले फेरि भन्नुभयो, “तिमीले पनि खाए है।”
४०अनुच्छेद पढी रेखाङ्कित सम्भावनार्थ र सङ्केतार्थ जनाउने क्रियापदको अलग अलग सूची बनाउनुहोस्: “हिमालले बयर टिपेर ल्याउँला र खाउँला भनेर हिमांश कुर्दै थियो। हिमाल छिटो आए हुन्थ्यो अनि धेरै बयर टिपेर ल्याए हुन्थ्यो भन्ने उसको आशा थियो। हिमालले बयर टिपेर ल्यायो भने धनपति बाका नातिलाई पनि दिउँला भनेर मनमनै सोचेको थियो। त्यति बेला विदुषा आइन् र भनिन्, ‘हिमाल फुटबल खेल्दै होला।’ तिमीले जाति मान्छौ भने म बयर दिउँला क्यारे !” (रेखाङ्कित: ल्याउँला, खाउँला, आए हुन्थ्यो, ल्याए हुन्थ्यो, ल्यायो भने, दिउँला, खेल्दै होला, मान्छौ भने, दिउँला)
४१कोष्ठकमा दिइएका सङ्केतका आधारमा खाली ठाउँ भर्नुहोस्: (क) हामी सबैको भलो .... (हु: इच्छार्थ) (ख) तिमी कविताको लयबद्ध वाचन .... (गर्: आज्ञार्थ) (ग) उनीहरू विद्यालय .... (जा: सम्भावनार्थ) (घ) उसले मिहिनेत .... परीक्षामा सफल हुन्छ। (गर्: सङ्केतार्थ) (ङ) तपाईँ कथा .... (लेख्: सामान्यार्थ)
४२अनुच्छेदलाई सम्भावनार्थमा परिवर्तन गर्नुहोस्: “म हिउँदे बिदामा इलाम घुम्न जान्छु। म कन्यामको चियाबारी घुम्छु। स्वदेशमा प्रख्यात र विदेशमा निर्यात हुने नेपाली चियाका बारेमा जानकारी लिन्छु। त्यहाँका मानिससँग चिया खेती गर्ने तरिका सिक्छु। म पनि कृषि विषय पढेर गाउँमा चियाखेती गर्छु।”
४३अनुच्छेदलाई दुईओटा सङ्केतार्थ वाक्यमा परिवर्तन गर्नुहोस्: “आज पानी पर्ने छ, मकै बारी भिज्ने छ। मकैका बोट सप्रने छन्, घोगा ठुला हाल्ने छन्। मकैबाली राम्रो हुने छ, मकै बजारमा लगेर बेचिने छ। मकै बेचेर पैसा कमाइने छ, त्यसले घरखर्च चलाइने छ।”
४४आज्ञार्थ, इच्छार्थ, सम्भावनार्थ र सङ्केतार्थ जनाउने दुई दुईओटा क्रियापद पर्ने गरी एउटा अनुच्छेद लेख्नुहोस्।
४५शिक्षक र रमाबिच भइरहेको कुराकानी पढ्नुहोस् र पदयोग पदवियोग बिग्रँदा अर्थ फरक हुने कुनै दुई उदाहरण लेख्नुहोस्।
४६अनुच्छेदमा रहेका पदयोग र पदवियोगसम्बन्धी त्रुटि पहिचान गरी पुनर्लेखन गर्नुहोस्: “‘मेरानिम्ति मेरो देशनै महान् छ’ भन्ने शीर्षकमा एक जना युवाले निबन्ध लेखे छन्। निबन्ध प्रति योगितामा त्यो निबन्ध प्रथम भए छ। मेरा साथीलेपनि त्यो निबन्ध पढेकारहेछन्। उसलाई निकै मनपरेछ। वास्तवमा निबन्ध न लेख्ने गरे लेख्न सकिँदैन। निबन्ध लेख्दैगयो भने राम्रा निबन्ध लेखिन्छ।”
४७दिइएको सन्दर्भलाई आधार मानी थप घटना निर्माण गर्दै सय शब्दमा नघटाई एउटा कथा लेख्नुहोस्: (क) शिक्षा र दीक्षा नामका दुई साथीबिच झगडा हुनु, उनीहरूको बोलचाल बन्द हुनु (ख) शिक्षाका बुबा सडक दुर्घटनामा घाइते हुनु (ग) शिक्षाले अरू कसैबाट यो समाचार सुन्नु (घ) अस्पतालको आकस्मिक कक्षमा पुग्दा दीक्षालाई त्यहाँ देख्नु (ङ) दीक्षाले अस्पतालमा ल्याएर बुबालाई उपचार गरेको कुरा शिक्षाले थाहा पाउनु
४८तपाईँको गाउँ समाजमा प्रचलित कुनै एउटा लोककथा खोजेर कक्षामा सुनाउनुहोस्।
४९‘राजद्वारे श्मशाने च’ भन्ने उक्तिले कृष्ण रायको कुन गुण देखाउँछ ?
५०कृष्ण रायलाई आफ्नै पोष्य पुत्रमाथि पनि भरोसा नरहनुले के देखाउँछ ?
५१‘शत्रु’ कथाको अन्त्य व्यङ्ग्यपूर्ण किन छ ?