पाठ ५ · लक्ष्मीप्रसाद देवकोटा

लक्ष्मीप्रसाद देवकोटा

नेपालीविषय
८ minअनुमानित समय
१यी शब्दको अर्थ मिलाउनुहोस्: युगपुरुष, नक्षत्र, जीवन, धडाधड, म्याट्रिकुलेसन, प्रज्वलित, परिवेष्टित। दिइएका अर्थ: हालको एसइई सरहको परीक्षा; चारैतिरबाट घेरिएको; मान, सम्मान प्राप्त; कुनै निश्चित समयसीमाभित्र महान् व्यक्तित्व स्थापित गर्न सफल व्यक्ति; चाँडो चाँडो काम सिद्ध्याउने गरी, सरासर, धमाधम; हार्दिकतापूर्वक गरिएको सहयोग; ज्योतिष शास्त्रअनुसार मानिसका असल खराब अवस्थाका स्थापक; शरीरमा प्राण रहेसम्मको अवस्था; एकदम बलेको, दन्केको।
२रेखाङ्कित संक्षिप्त शब्दको पूरा रूप लेखी पुनर्लेखन गर्नुहोस्: 'राससका पत्रकार मोहन प्रमको अन्तर्वार्ता लिएर घर गए । उनकी श्रीमती रमा जनता माविमा प्रअ थिइन् । विव्यसको बैठक सकेर निस्कँदा उनलाई ढिलो भएछ । बाटामा त्रिविका उपप्रा दावासँग र प्रजिअ रमेशसँग रमाको भेट भएछ । उनीहरू एकछिन कुराकानी गरेर आआफ्ना घरतिर लागेछन् । रमा घर पुग्दा पत्रकार मोहन गोपमा प्रकाशित समाचार पढेर बसेका रहेछन् ।'
३यो अनुच्छेदबाट कुनै तीनओटा सिङ्गो शब्द पहिचान गरी वाक्यमा प्रयोग गर्नुहोस्: 'देवकोटाले जे लेखे र जुन जुन जिम्मेवारी पाए, प्रायः ती सबैमा उनले राष्ट्रको हितमा काम गरेर आफ्नो अब्बलता प्रदर्शन गरे । देवकोटा आफूले हात हालेका हरेक क्षेत्रमा एक असल व्यक्तित्वका रूपमा चिनिए । ... उनी एक यस्ता मोती हुन् जसले जुन क्षेत्रलाई स्पर्श गरे त्यस क्षेत्रलाई झन् झन् चम्काइदिए ।'
४यी पद पदावलीलाई आशय खुल्ने गरी वाक्यमा प्रयोग गर्नुहोस्: पठनपाठन, देहावसान हुनु, मन्त्रमुग्ध पार्नु, स्वर्णकाल, भुलभुलैया, नवजात शिशु।
५यी शब्दको शुद्ध उच्चारण गर्नुहोस्: मानवतावादी, वरदपुत्र, शुभचिन्तक, दूरदर्शिता, उच्च पदस्थ, स्मरणशक्ति, उद्दीप्त, सारगर्भित, शृङ्खला, प्राध्यापक, नक्षत्र, प्रताडित।
६'लक्ष्मीप्रसाद देवकोटा' जीवनीमा देवकोटाको बाल्यकालको वर्णन कुन अनुच्छेदमा गरिएको छ ?
७जीवनीको अन्तिम अनुच्छेदको सार वाक्य कुन हो ?
८जीवनीमा देवकोटाको जीवनका कठिन क्षणको वर्णन कुन सन्दर्भपछि आएको छ ?
९देवकोटाका कृतिसम्बन्धी वर्णन जीवनीको कतिऔँ अनुच्छेदमा छ ?
१०देवकोटाको निबन्ध सङ्ग्रहको नाम के हो ?
११देवकोटाका प्रसिद्ध महाकाव्य कुन कुन हुन् ?
१२देवकोटाले कुन कृतिमार्फत लोकभाकालाई शिखरमा पुर्‍याए ?
१३देवकोटा किन सर्वोत्कृष्ट नेपाली साहित्यकारका रूपमा परिचित छन् ?
१४लक्ष्मीप्रसाद देवकोटाको जन्म कहिले भएको थियो ?
१५देवकोटाको मनदेवी चालिसेसँग विवाह कुन सालमा भयो ?
१६देवकोटाले म्याट्रिकुलेसन परीक्षा कुन सालमा उत्तीर्ण गरे ?
१७देवकोटाले आइएस्सी परीक्षा कुन सालमा उत्तीर्ण गरे ?
१८अङ्ग्रेजी पढ्न देवकोटा दरबार हाइस्कुलमा कुन सालमा भर्ना भए ?
१९देवकोटा अफ्रो एसियाली लेखक सम्मेलनमा कुन सालमा सहभागी भए ?
२०देवकोटा डा. के.आई. सिंहको मन्त्रिमण्डलमा शिक्षामन्त्रीमा कुन सालमा नियुक्त भए ?
२१लक्ष्मीप्रसाद देवकोटाको व्यक्तिगत जीवनमा कस्ता कस्ता उतारचढाव आए, उनको जीवनीका आधारमा लेख्नुहोस्।
२२देवकोटामा रहेको देशप्रेम र क्रान्ति चेतनाको वर्णन गर्नुहोस्।
२३देवकोटालाई आशुकविका रूपमा चिनाउनुहोस्।
२४'लक्ष्मीप्रसाद देवकोटा' को जीवनीबाट कस्तो सन्देश पाइन्छ, लेख्नुहोस्।
२५व्याख्या गर्नुहोस्: 'देवकोटाको महासागर जस्तो प्रतिभा राणाहरूको निरङ्कुशताको साँघुरो सुरुङभित्र कसरी बग्न सक्थ्यो र ?'
२६व्याख्या गर्नुहोस्: 'हिउँको माझमा जन्मेको हाम्रो साहित्य कहिल्यै पनि एउटै पर्वत शृङ्खलाको भुलभुलैयामा बिलाउने छैन ।'
२७लक्ष्मीप्रसाद देवकोटाको साहित्यिक योगदानको समीक्षा गर्नुहोस्।
२८यो अनुच्छेदबाट मुख्य मुख्य चारओटा बुँदा टिपी सारांश लेख्नुहोस्: 'भाषाले भाषिक समुदायको संस्कृति र जीवनपद्धतिलाई प्रतिबिम्बित गर्छ । भाषाको मुख्य काम समाजको तथा व्यक्तिको आवश्यकता पूर्ति गर्नु हो । नेपाली भाषामा प्रखर अभिव्यक्ति क्षमता छ अनि अत्याधुनिक आविष्कारका साथै विविध भाषामा प्रयोग भइरहेका नयाँ नयाँ शब्दलाई आत्मसात् गर्ने र सहज रूपमा पचाउने क्षमता पनि छ । देशको भाषिक मौलिकताको रक्षा राष्ट्रको अस्मितासँग नै गाँसिएको हुन्छ । मौलिक नेपाली शब्दले भाव सम्प्रेषण गर्न सक्ने अवस्था रहेसम्म सजिलाका लागि अरू भाषाका शब्द प्रयोग नगर्ने प्रतिबद्धता यसका वक्तामा रहनुपर्छ । अन्यथा भाषिक प्रयोगका हिसाबले नेपाली भाषाको मौलिकता विलीन हुँदै जाने र मिश्रित भाषाका रूपमा नेपाली भाषा रूपान्तरित हुने अवस्था आउन सक्छ । नेपाली पत्रकारितामा भाषिक प्रयोग नेपालको मौलिक पहिचानसँग गाँसिएको सवाल हो । यसका निम्ति भाषिक आत्मनिर्भरतातिर पनि हाम्रो सोच र प्रयास अगाडि बढ्नुपर्छ ।'
२९माध्यमिक तहमा शिक्षक हुनका लागि आवश्यक हुने विवरण समावेश गरी व्यक्तिवृत्त बनाउनुहोस्।
३०लक्ष्मीप्रसाद देवकोटाको जीवनी पढेपछि तपाईंलाई भविष्यमा कस्तो व्यक्ति बनूँ जस्तो लाग्यो, लेख्नुहोस्।
३१'देवकोटा छाँगो छड्छडाए झैँ कविता लेख्ने कवि हुन्' भन्ने भनाइप्रति सहमति प्रकट गर्दै पाठक प्रतिक्रिया लेख्नुहोस्।
३२यो अनुच्छेद पढ्नुहोस्: 'समुद्र सतहभन्दा १५ हजारदेखि २५ हजार फिटमाथि आकाशमा उत्पन्न विद्युत्को प्रवाह हो चट्याङ । जब बादलमा भएका कण आवेशित भएर धन र ऋण आवेशमा परिवर्तित हुन्छन् तब विद्युत् उत्पन्न हुन्छ । यो करेन्टले कहिलेकाहीँ पृथ्वीको सतहमा उच्च भोल्टेजले ठक्कर खान्छ । यसैलाई हामी आकाशमा बिजुली चम्केको वा चट्याङ परेको भन्छौँ । थोरै र सामान्य बचाउको प्रयास गर्दा चट्याङबाट हुने क्षतिबाट जोगिन सकिन्छ । चट्याङ पर्न लाग्दा फलामे पदार्थभन्दा टाढै बस्नुपर्छ । यस्तो क्षणमा सकेसम्म विद्युतीय उपकरणको प्रयोग नगर्ने, बिजुलीको पोल छेउमा नबस्ने, सकेसम्म मोबाइल वा टेलिफोनको उपयोग नगर्ने, चट्याङ पर्न लाग्दा पानीमा पौडिरहेको भए समतल भूमिमा निस्किने र सुरक्षित स्थानमा आश्रय लिने गर्नुपर्छ । यस्तो बेला अग्लो वस्तु, रुख, झन्डा बाँध्ने पाइप वा बाँसनजिक जानुहुँदैन । खुला चउर, खुला संरचना तथा गाडीमा पनि जानुहुँदैन । यस्तो बेला कम्प्युटर, टेलिफोन जस्ता विद्युतीय सुचालक वस्तुबाट टाढा बस्नुपर्छ । चट्याङको आवाज आइरहेका बेला तारवाला फोन उपयोग गर्नुहुँदैन । आकाशमा बादल तीव्रताका साथ गर्जिरहेको छ भने पक्की भवनमा आश्रय लिनुपर्छ । वर्षाको चट्याङ केही समय मात्र हुने भएकाले घरबाहिर परियो भने एकछिन पर्खनु राम्रो हुन्छ । कुनै व्यक्ति चट्याङले प्रभावित भएको भए तुरुन्त अस्पताल लानुपर्छ । चट्याङ प्रभावित व्यक्तिको शरीरमा विद्युतीय झट्का रहँदैन त्यसैले यस्ता व्यक्तिलाई छुँदा कुनै असर पर्दैन ।' अब भन्नुहोस्: चट्याङ भनेको के हो ?
३३चट्याङसम्बन्धी अनुच्छेदका आधारमा भन्नुहोस्: चट्याङ कसरी पर्छ ?
३४चट्याङसम्बन्धी अनुच्छेदका आधारमा भन्नुहोस्: चट्याङ परेका बेला गर्न नहुने काम के के हुन् ?
३५चट्याङसम्बन्धी अनुच्छेदका आधारमा भन्नुहोस्: चट्याङबाट हुने दुर्घटनाबाट कसरी बच्न सकिन्छ ?
३६'पक्की भवनमा आश्रय लिनुपर्छ' वाक्यमा प्रयोग भएको कारक र विभक्ति लेख्नुहोस्।
३७चट्याङसम्बन्धी अनुच्छेदबाट सरल र तिर्यक् कारक जनाउने दुई दुईओटा वाक्य टिपोट गर्नुहोस्।
३८चट्याङसम्बन्धी अनुच्छेदबाट 'क्ष' प्रयोग भएका दुईओटा शब्द पहिचान गरी लेख्नुहोस्।
३९बाराको सदरमुकाम कलैयामा सवारी साधनको पार्टपुर्जा, मर्मतसहित बिक्री वितरण गर्ने 'लक्ष्मी इन्जिनियरिङ' की सञ्चालक राधिका मिश्रले आफ्नो उद्योगबाट १३ जनालाई रोजगारी दिएकी छन् र उनी धेरै महिलाका लागि प्रेरणा बनेकी छन्। उनको उद्यमशीलताको कथा सुनेर प्रेरित भई सहरमा 'साइकल मर्मत केन्द्र' खोलेकी एक महिलाको अभिनय गर्दै कक्षामा प्रस्तुति दिनुहोस्।
४०कालिदास र युवतीको संवाद सुनेपछि भन्नुहोस्: सर्वप्रथम कालिदासले के कुरा मागेका थिए ?
४१कालिदास र युवतीको संवादमा युवतीले पाहुना कति प्रकारका हुने बताएकी छन् ?
४२कालिदास र युवतीको संवादमा पृथ्वी र वृक्षलाई किन सहनशील मानिएको हो ?
४३कालिदास र युवतीको संवादमा नङ र कपाल किन हठी मानिए ?
४४कालिदास र युवतीको संवादबाट के सन्देश पाउनुभयो, भन्नुहोस्।
४५व्याकरणपुरमा बस्ने कारकको परिवारका छ सन्तान को को हुन् र तिनको काम के हो ? कक्षामा छलफल गर्ने गरी लेख्नुहोस्।
४६अर्थका आधारमा यी शब्दको कारक चिनाउनुहोस्: 'हरिले सिन्काले कान कोट्यायो । उसको कान दुख्यो । ऊ घरबाट अस्पतालमा पुग्यो । डाक्टरले उसलाई औषधी दिए । डाक्टरले उसलाई भने, “आजदेखि सिन्काले कान नकोट्याउनू नि ।”'
४७यो अनुच्छेदमा रहेका कारक सरल वा तिर्यक् के हुन्, पहिचान गर्नुहोस्: 'सुनिताले अनितालाई भनिन्, म र तँ भएर पुस्तकालय जाऔँ । मलाई मुनामदन पुस्तक पुस्तकालयमा बुझाउनु छ । यो किताब साह्रै राम्रो रहेछ । यस किताबमा मुना र मदनको कथा रहेछ । तैँले देवकोटाको कुञ्जिनी खण्डकाव्य ल्याएर पढ् । त्यो किताब पनि साह्रै राम्रो छ अरे ।'
४८सरल र तिर्यक् कारक प्रयोग भएका तीन तीनओटा वाक्य 'लक्ष्मीप्रसाद देवकोटा' जीवनीबाट खोजेर लेख्नुहोस्।
४९यो अनुच्छेदबाट विभक्ति लागेका चारओटा शब्द टिपोट गरी तिनको कारक छुट्याउनुहोस्: 'हरिनाथ जनता कलेजमा प्राध्यापन गर्छन् । उनी घरबाट कलेजमा हिँडेर जान्छन् । उनी विद्यार्थीलाई नेपाली साहित्यको शिक्षा दिन्छन् । उनी विद्यार्थीलाई पढाउँदा मार्करले शैक्षिक पाटीमा लेख्छन् । उनी विद्यार्थीलाई कक्षाकोठामा पढाउँछन् । उनी विद्यार्थीलाई कक्षाकोठादेखि बाहिर चउरमा पनि पढाउँछन् ।'
५०सबै प्रकारका विभक्ति लागेका शब्द पर्ने गरी कुनै एक सङ्गीतकारका बारेमा लेख्नुहोस्।
५१'लक्ष्मीप्रसाद देवकोटा' जीवनीबाट 'छ्य' र 'क्ष' प्रयोग भएका चार चारओटा शब्द टिपोट गरी लेख्नुहोस्।
५२यी 'छ्य' र 'क्ष' प्रयोग भएका शब्द पर्ने गरी छोटो अनुच्छेद लेख्नुहोस्: पछ्यौरी, छ्याप्नु, हाछ्युँ, कक्षा, शिक्षा, शिक्षित, क्षण, दक्ष, रक्षा।
५३यो अनुच्छेदलाई शुद्ध गरी पुनर्लेखन गर्नुहोस्: 'ग्यवाली षरले कछ्यामा आएर नेपाली भाषा र शाहित्य पढाउनुभयो । उहाँको षिकाउने तरिका गजबको छ । उहाँले पढाएको त क्षाङ्गै बुझिन्छ । दिनेस, उमेष र रिसिलाई पनि उहाँले पढाएको षारै मन पर्छ रे ।'
५४यी बुँदाका आधारमा इन्दिरा प्रसाईको जीवनी तयार पार्नुहोस्: नाम: इन्दिरा प्रसाई। जन्म: वि.सं. २०१४ फागुन ३, दार्जिलिङ। ठेगाना: काठमाडौँ महानगरपालिका, अनामनगर। मातापिता: दुर्गादेवी नेपाल / गणेशप्रसाद शर्मा। शिक्षा: एम.बी.ए. (त्रिवि)। साहित्यिक कृति: कथा, कविता, निबन्ध, उपन्यास, खण्डकाव्य, समीक्षात्मक जीवनीमूलक निबन्ध। साहित्यिक विशेषता: नारीवादी साहित्यकार, सामाजिक कथाकार, मनोवैज्ञानिक कथाकार, जीवन र विज्ञानको समन्वय गरी साहित्य लेख्ने साहित्यकार। सम्मान/पुरस्कार: युवावर्ष मोति पुरस्कार, मैनाली कथा पुरस्कार, राष्ट्रिय प्रतिभा पुरस्कार, राष्ट्रिय गौरव युवासम्मान, दीपज्योति पुरस्कारलगायत थुप्रै पुरस्कारबाट सम्मानित।
५५तपाईंको समाजका लागि योगदान दिने व्यक्तिको जीवनी परिवारका सदस्यसँग सोधेर लेख्नुहोस्।
५६देवकोटाको नाम लक्ष्मीप्रसाद किन राखियो ? उनलाई सरस्वतीका वरद पुत्र किन भनिन्छ ?
५७महाकाव्य र खण्डकाव्यमा के फरक छ ? देवकोटाका उदाहरण दिनुहोस्।
५८'उद्देश्य के लिनु ? उडी छुनु चन्द्र एक' कवितालाई किन दूरदर्शी मानिन्छ ?
५९जीवनी र व्यक्तिवृत्तमा के के फरक छन् ?
६०एउटै विभक्ति भएका दुई पद फरक कारक हुन सक्छन् भन्ने कुरा उदाहरणसहित प्रस्ट पार्नुहोस्।