१दिइएका अर्थ आउने शब्द ‘चिकित्सा विज्ञान र आयुर्वेद चिकित्सा’ निबन्धबाट खोजेर लेख्नुहोस्: स्नायुसम्बन्धी रोग; बात, पित्त र कफसम्बन्धी दोष; चिरफारका पद्धतिले गरिने रोगको उपचार; हानि वा घात पुर्याउने; प्रतिरोधका लागि तयार पारिएको।
२दिइएका शब्द र तिनका अर्थबिच जोडा मिलाउनुहोस्। शब्द: प्रादुर्भाव, अत्युक्ति, अद्यावधिक, त्रिदोष, निषेध, अधीरता। अर्थ: शरीरमा हुने बात, पित्त र कफको प्रकोपबाट हुने रोग; प्रतिबन्ध वा रोक लगाउने काम; कुनै वस्तु वा विषयको उत्पत्ति वा उद्भव; आजसम्मको अवस्था, विगतदेखि हालसम्म; बढाइचढाइ गरिने वर्णन वा कथन; अनुशासनमा रहेको; खारिएको; धैर्य नभएको अवस्था, अस्थिर।
३चिकित्सा क्षेत्रमा प्रयोग हुने यी प्राविधिक पारिभाषिक शब्द पढ्नुहोस् र शब्दकोशको सहायताले तिनको अर्थ लेख्नुहोस्: आयुर्वेद, एलोप्याथिक, वैकल्पिक चिकित्सा, होमियोप्याथिक चिकित्सा, शल्यक्रिया, पक्षाघात, आकस्मिक उपचार, निर्मूलीकरण।
४‘चिकित्सा विज्ञान र आयुर्वेद चिकित्सा’ निबन्धमा प्रयोग भएका कुनै पाँचओटा पारिभाषिक र प्राविधिक शब्द टिपी वाक्यमा प्रयोग गर्नुहोस्।
५दिइएका शब्दको शुद्ध उच्चारण गर्नुहोस्: रोगव्याधि, अनधिकृत, प्रत्याक्रमण, विरुद्ध, पद्धति, अद्वितीय, अर्थ्याउनु, अष्टाङ्ग, कौमारभृत्य, पार्श्वप्रभाव, अगदतन्त्र।
६‘चिकित्सा विज्ञान र आयुर्वेद चिकित्सा’ निबन्ध पालैपालो सस्वर पठन गर्नुहोस्।
७‘चिकित्सा विज्ञान र आयुर्वेद चिकित्सा’ निबन्धको तेस्रो अनुच्छेद शिक्षकबाट सुनेर लेख्नुहोस्।
८‘चिकित्सा विज्ञान र आयुर्वेद चिकित्सा’ निबन्ध कति अनुच्छेदमा संरचित छ?
९वाक्य सङ्ख्याका दृष्टिले निबन्धको सबैभन्दा छोटो र लामो अनुच्छेद कुन हो?
१०निबन्धमा आयुर्वेद चिकित्साका शाखाको चर्चा गरिएको विषयवस्तु कुन अनुच्छेदमा रहेको छ?
११निबन्धको अन्तिम अनुच्छेदको आशय के हो?
१२चिकित्साका निरोधात्मक, प्रवर्धनात्मक र उपचारात्मक पद्धतिको चर्चा गर्ने निबन्धांशमा चिकित्सा विज्ञानका कुन कुन शाखाको चर्चा गरिएको छ?
१३प्रवर्धनात्मक उपचार पद्धति कस्तो हुन्छ?
१४उपचारात्मक स्वास्थ्य सेवामा कुन कुन पद्धति पर्छन्?
१५तपाईंलाई कुन उपचार पद्धति मन पर्छ, किन?
१६‘चिकित्सा विज्ञान र आयुर्वेद चिकित्सा’ निबन्धका आधारमा वर्तमान चिकित्सा विज्ञानका बारेमा वर्णन गर्नुहोस्।
१७किन आयुर्वेद चिकित्साको लोकप्रियता बढ्दै गएको छ, लेख्नुहोस्।
१८उपचारात्मक स्वास्थ्य सेवाअन्तर्गत कस्ता उपचारात्मक पद्धति पर्छन्?
१९आयुर्वेद चिकित्सा पद्धति र आधुनिक चिकित्सा पद्धतिका मुख्य फरक के के हुन्?
२०व्याख्या गर्नुहोस्: ‘आयुर्वेदिक चिकित्सा आधुनिक चिकित्सा पद्धतिभन्दा भिन्न र संसारकै सर्वप्राचीन उपचार पद्धति हो।’
२१व्याख्या गर्नुहोस्: ‘आयुर्वेदिक औषधीका लागि नेपाल भूस्वर्ग मानिन्छ।’
२२आधुनिक चिकित्सा पद्धतिका सकारात्मक र नकारात्मक पक्षबारे समीक्षा गर्नुहोस्।
२३रोग नियन्त्रण गर्न र पार्श्वप्रभावबाट बचाउन आयुर्वेद चिकित्सा पद्धति प्रभावकारी मानिन्छ, पुष्टि गर्नुहोस्।
२४‘स्वस्थ खानपान’ शीर्षकमा एउटा वस्तुपरक अनुच्छेद तयार गर्नुहोस्।
२५‘चिकित्सा विज्ञान र आयुर्वेद चिकित्सा’ निबन्धको पहिलो अनुच्छेदबाट चारओटा बुँदा टिपोट गरी सारांश लेख्नुहोस्।
२६‘आधुनिक चिकित्सा पद्धतिका पनि विशेषता र सीमा छन्’ बाट सुरु भई ‘भर नपरी सुखै छैन’ मा टुङ्गिने अनुच्छेद पढ्नुहोस् अनि विषयवस्तुको पहिचान, अनुमान र निष्कर्षसँग सम्बन्धित एक एकओटा बोध प्रश्न निर्माण गर्नुहोस्।
२७दिइएको अनुच्छेद पढ्नुहोस् र सोधिएका प्रश्नको उत्तर लेख्नुहोस्: ‘कृषि बजारीकरणमा उत्पादन भएका वस्तु सङ्कलकमार्फत भण्डारण गरिन्छ र बजारसम्म पुर्याइन्छ। बजारमा पुगेका वस्तु उपभोक्ताले बजार मूल्यमा खरिद गरेर उपभोग गर्छन्। यसरी हुने बजारीकरण र उत्पादनको चक्रीय प्रवाहले कृषिको व्यवस्थापन प्रणालीगत ढङ्गले हुन्छ। कृषि बजारीकरण प्रक्रियामा कृषकलाई आवश्यक मल, बिउ, अनुदान रकम आवश्यकताअनुसार प्रदान गरिन्छ। उत्पादनमा रासायनिक मलभन्दा प्राङ्गारिक मलको उपयोगमा जोड दिने, सिँचाइ, बाटो र सञ्चारको उचित व्यवस्था कृषकलाई सरकारले मिलाइदिने काम हुन्छ। कृषकसँग भएको उत्पादन सङ्कलक सङ्गठन वा संस्थामार्फत भण्डारण गरी कृषकलाई वस्तुको उचित मूल्य प्रदान गरिन्छ। कृषकले आफ्नो उत्पादन भण्डारककहाँ पठाउने कार्य हुन्छ। भण्डारकले आवश्यक मल, बिउ कृषकलाई पठाउने, उत्पादनको बजार मूल्य, लागत, माग र आपूर्तिलाई ध्यान दिई संस्थाको विधानअनुरूप कार्य गर्ने गर्छन्। सङ्कलकले सङ्कलन गरेर वस्तु बजारमा पठाउँदा सानो नाफाको अंश राखी सुरक्षित रूपमा पठाउने गर्छन्। सङ्कलक र बजारबिचको सम्बन्ध विधानसम्मत हुनु आवश्यक ठानिन्छ। यस्तो व्यवस्था हुँदा वस्तु उपभोक्तासम्म कुन दरमा पुग्छ भन्ने कुरा सङ्कलकले निरीक्षण गरिरहन सक्छ। यसो हुँदा एकअर्काबिचमा अधिक नाफाको स्थिति हुँदैन। सबैले उचित मूल्यमा वस्तु प्राप्त गर्नाले मुद्रास्फीति हुँदैन। बजारमा अभाव सिर्जना हुँदैन। यसले आयमा ठुलो उतारचढाव आउन दिँदैन।’ कृषि उत्पादन कसरी उपभोक्तासम्म पुग्छ? अनुच्छेदमा सूचना प्रवाह र नाफासम्बन्धी कस्तो व्यवस्था उल्लेख छ? कृषि बजारीकरणको प्रक्रिया कस्तो छ? सरकारले कृषकलाई कुन कुरामा सहयोग गर्नुपर्छ?
२८कृषि बजारीकरणसम्बन्धी माथिकै अनुच्छेदबाट भाषिक संरचना र वर्णविन्यास पहिचान गर्नुहोस्: उप, सम्, उत् उपसर्ग लागेका एक एकओटा शब्द; दुईओटा कृदन्त शब्द; शब्दको सुरु, बिच र अन्त्यमा ह्रस्व उकार प्रयोग भएका दुई दुईओटा शब्द।
२९दिइएको सन्दर्भ पढ्नुहोस् र तोकिएको कार्य गर्नुहोस्: ‘हावा, पानी, माटो आदि जैविक वस्तुको अस्तित्वका लागि वातावरण संरक्षण अति आवश्यक हुन्छ। यी जैविक वस्तुमा भएको वातावरण विनाशको मात्राले पनि वातावरणमा बृहत् प्रभाव पार्छ। वनजङ्गल र जलमा पाइने प्राणी तथा वनस्पति मानिसको अस्तित्वका लागि आवश्यक हुन्छन्। वनजङ्गल, जल आदिको अस्तित्व सङ्कटमा पर्नु भनेको मानव जीवन नै पूर्ण सङ्कटमा पर्नु हो। अनियन्त्रित रूपमा डोजर चलाई प्राकृतिक स्रोतसाधनको दोहन, होहल्ला, आवाज तथा हर्न, कारखानाको ध्वनि, सिमेन्ट, गिट्टी उद्योग, इँटा उद्योग आदिले वातावरण विनाश भयो भने सर्वसाधारणको स्वास्थ्यमा प्रतिकूल असर पर्छ। फोहोरमैला व्यवस्थापनका लागि उचित ल्यान्डफिल्ड साइड भएन भने पनि वातावरण विनाश हुन्छ। घरायसी प्रयोजन, कारखाना, अस्पताल, सडेगलेका वस्तु आदिबाट हानिकारक फोहोरमैला निस्कने हुँदा यसको उचित व्यवस्थापनबाट मानव स्वास्थ्यमा अनुकूल प्रभाव पर्छ।’ तपाईं वातावरणीय विनाशबाट उत्पन्न भएको कुनै प्रकोपमा पर्नुभएको छ वा त्यस्तो प्रकोपबारे सुन्नुभएको छ भने कक्षामा उक्त प्रकोपको कारण र प्रभावबारे आफ्नो अनुभव प्रस्तुत गर्नुहोस्।
३०दिइएको अनुच्छेदबाट उपसर्ग र प्रत्यय लागेका पाँच पाँचओटा शब्द पहिचान गरी तिनको निर्माण प्रक्रिया देखाउनुहोस्: ‘आयुर्वेदिक उपचार गर्न भनी हिँडेका प्रज्ज्वलले अस्पतालमा पुगेर डाक्टरलाई अभिवादन गरे। उनले पछिल्लो एक हप्तादेखि प्रतिदिन आफूलाई असह्य हुने गरी पेट दुख्ने गरेको कुरा बताए। डाक्टरले राम्ररी जाँचेर अत्यधिक दुख्दा मात्र नदुख्ने औषधी खानु नत्र यो औषधी खाएर आराम गर्नू भने। डाक्टरले स्वास्थ्यलाई बेफाइदा हुने पिरो, अमिलो, चिल्लो नखान सुझाव दिए।’
३१दिइएका उपसर्ग लगाई एक एकओटा शब्द निर्माण गर्नुहोस्: अ, अन, कु, बि, गैर, बद, ना, अधि, अनु, अभि, अति, अव, अप, आ, उप, उत्, दुर्, दुस्, नि, निर्, परा, परि, प्र, प्रति, वि, सम्, सु।
३२दिइएको अनुच्छेद पढ्नुहोस् र सात सातओटा कृदन्त र तद्धितान्त शब्दको पहिचान गरी निर्माण प्रक्रिया देखाउनुहोस्: ‘बुद्धिमान् दडाली मान्छेले धनवान् बाजुरेली बटुवालाई देखेछन् र सोधेछन्, हजुर यता कतै गुल्मेली आयुर्वेदिक चिकित्सक बसाइँ सर्नुभएको छ रे नि! उनले भनेछन्, यहाँ बाजुरेली र धनकुटे चिकित्सक पनि बस्नुहुन्छ। हुम्ली र झापाली बौद्धिक र कवित्व प्रतिभा भएका व्यक्तित्व पनि हुनुहुन्छ। उहाँहरूकहाँ गाउँले र सहरिया मान्छे पनि उपचार गर्न आउँछन्। गीत र कविता सुन्न पनि आउँछन्। स्मरणीय कुरो के छ भने उहाँहरू सबै आफ्नो कर्तव्यप्रति सचेत व्यक्तित्व हुनुहुन्छ। धनवान् बाजुरालीले बुद्धिमान् दडालीलाई भनेछन्, म पहिले पनि आएको थिएँ, भुलेँ। म भुलक्कड छु के गर्नु। त्यसपछि दडालीले भनेछन्, यस्तै हो कोहीकोही बुद्धिमान् मान्छे पनि भुलक्कड हुन्छन् भन्ने सुनेको थिएँ।’
३३दिइएका प्रत्यय लगाई एक एकओटा शब्द निर्माण गर्नुहोस्: अक्कड, अत, अन्त, आइ, आइँ, आउ, आली, आलु, आवट, आहा, इयार, इया, इलो, ई, उवा, ए, एली, ती, ओ, ओट, ली, ले, अक, अन, अनीय, इक, इत, ईन, ता, तव्य, ति, त्व, मय, वान्, मान्, य।
३४‘चिकित्सा विज्ञान र आयुर्वेद चिकित्सा’ निबन्धको पहिलो अनुच्छेदबाट उपसर्ग र प्रत्यय लागेका शब्दको अलग अलग सूची बनाई तिनको निर्माण प्रक्रियासमेत देखाउनुहोस्।
३५दिइएको अनुच्छेद पढी शब्दको सुरु, बिच र अन्त्यमा ह्रस्व उकार प्रयोग भएका शब्दको पहिचान गरी टिपोट गर्नुहोस्: ‘हर्कमानका बुबा पाको उमेरको हुनुहुन्छ। हर्कमानका दिदी भिनाजु गाउँको घरमा आउनुभएको छ। हर्कमानका चार जना दाजुको नाम राजु, श्याम, बाबुराम र पृथुकुमार हो। पृथुकुमार आयुर्वेदिक उपचारक हुनुहुन्छ। श्यामको उखुबारी छ। राजुको धान कुट्ने र गहुँ पिस्ने उद्योग छ। बाबुराम मुकुन्दपुर नगरपालिकामा सुब्बा हुनुहुन्छ। हर्कमानका बहिनीको नाम मधु, करुणा र जमुना हो। मधुको बिहे बिष्णुपुरका सिपालु कलाकार गुरु गुरागाईंसँग भएको छ। करुणाको बिहे ताप्लेजुङका बुलेन्द्र लिम्बूसँग भएको छ। जमुनाको बिहे घान्द्रुकका गुन्जमान गुरुङसँग भएको छ। सबै सन्तानको सुख देखेर हर्कमान खुसी हुनुहुन्छ।’
३६शब्दको सुरु, बिच र अन्त्यमा ह्रस्व उकार प्रयोग भएका पाँच पाँचओटा शब्द ‘चिकित्सा विज्ञान र आयुर्वेद चिकित्सा’ निबन्धबाट खोजेर लेख्नुहोस्।
३७‘नेपालको प्राकृतिक विविधता’ शीर्षकमा वस्तुपरक निबन्ध लेख्नुहोस्।
३८रेडियो, टेलिभिजन वा पत्रपत्रिकाबाट कुनै समाचार सुनेर वा पढेर त्यसको विषयवस्तुबारे कक्षामा छलफल गर्नुहोस्।
३९पञ्चकर्मका पाँच विधि के के हुन्? तिनको प्रयोग किन गरिन्छ?
४०त्रिदोष भनेको के हो? यसलाई प्रभाव पार्ने तत्त्व के के हुन्?
४१आयुर्वेदिक उपचार पद्धतिका सीमा के के हुन्?
४२कृदन्त र तद्धितान्त शब्द कसरी छुट्याइन्छन्? उदाहरणसहित लेख्नुहोस्।