पाठ २ · घरझगडा

घरझगडा

नेपालीविषय
८ minअनुमानित समय
१शब्दकोश प्रयोग गरी यी शब्दको अर्थ लेख्नुहोस्: पाताल, टीका, अतीत, किल्ला, घनघोर, शपथ, अवतार, राँको, हालत
२'घरझगडा' कथामा प्रयोग भएका यी टुक्कालाई अर्थ खुल्ने गरी वाक्यमा प्रयोग गर्नुहोस्: कानमा तेल हाल्नु, आँखामा बिझाउनु, कम्मर कस्नु, आगो खेलाउनु, वाल्ल पर्नु, तेल घस्नु, भासमा फस्नु, चोचोमोचो मिलाउनु
३उखान र तिनको अर्थ पहिचान गरी पाँचओटा उखानलाई वाक्यमा प्रयोग गर्नुहोस्।
४यस अनुच्छेदबाट अनुकरणात्मक शब्द पहिचान गरी लेख्नुहोस्: विश्वास आँगनको छेउमा बसेर लटरम्म फलेका सुन्तला हेर्दै थिए। एउटा यात्रुबाहक बस घरनजिकै आएर घ्याच्च रोकियो। उनी हस्याङफस्याङ गर्दै त्यहाँ पुगे। चिटिक्क परेर आएका साथीलाई देखेर उनी छक्क परे। साथीले विदेशलाई चटक्क छोडेर स्वदेश आएकामा उनी गद्गद भए।
५शब्दकोशको प्रयोग गरी यी शब्दलाई क्रम मिलाएर लेख्नुहोस्: सिर्जना, आँसु, त्याग, क्षमा, ज्वाला, गुलाफ, थुनुवा, अंश, कक्ष, ज्ञानी, त्रिलोचन, ऋण
६यी शब्दको शुद्ध उच्चारण गर्नुहोस्: व्यक्तित्व, षड्यन्त्र, गलहत्ती, प्रयत्न, आश्वासन, देशभक्ति, चित्त, उज्यालो, मूर्ति
७'घरझगडा' कथा पालैपालो सस्वर वाचन गर्नुहोस्।
८'घरझगडा' कथा कति अनुच्छेदमा संरचित छ?
९कथाको प्रारम्भ कुन घटनाबाट भएको छ?
१०कथामा कुन कुन पात्रको प्रत्यक्ष भूमिका देखिएको छ?
११बहादुर शाह वाल्ल परेको घटना कुन अनुच्छेदमा छ?
१२'काँडा झरेको गुलाफको बोट भए होलान्... चित्त बुझाएँ' भन्ने कथांश कुन सन्दर्भमा आएको हो?
१३'म' पात्र उनका आँखामा बिझाउनुको कारण के हो?
१४अमृतको कणमा विष देख्नुको तात्पर्य के हो?
१५कथांशमा घात प्रतिघात किन चल्दै गयो?
१६कथाअनुसार यी घटनालाई क्रम मिलाएर लेख्नुहोस्: (क) राजेन्द्रलक्ष्मीले बहादुर शाहको सकारात्मक भूमिकाको वर्णन गर्नु (ख) बालुवाले तिललाई पनि बालुवा नै सम्झन्छ भनेझैँ उनका आँखामा म बिझाउन थाल्नु (ग) गोरखामा हमला गर्न लागेको खबर आउनु (घ) राजेन्द्रलक्ष्मी नजरबन्दबाट छुट्नु (ङ) बहादुर शाहले कुरौटेले वैमनस्य बढाइदिएको बताउनु (च) हुन त विष संशोधन गरेपछि रसायन बन्छ भन्ने प्रयत्न गरेकी हुँ भन्नु (छ) चौबिसीहरूले सङ्गठन गर्न थालेको गुप्ती खबर सुन्नु (ज) शक्ति नभएका भए महाकाली, महालक्ष्मी, महासरस्वतीलाई कसैले पुज्ने थिएनन् भन्नु (झ) नाग बनेर आए पनि यिनीसँग म डराउन्नँ भन्नु (ञ) आपसी फुट नै जातिको पतनको चिह्न हो भन्नु
१७'घरझगडा' कथाका पात्र राजेन्द्रलक्ष्मी र बहादुर शाहका चारित्रिक विशेषताको तुलना गर्नुहोस्।
१८कथामा वर्णन गरिएको सन्दर्भका आधारमा उक्त समयको राजनीतिक परिवेश वर्णन गर्नुहोस्।
१९बहादुर शाह बेतिया पुगेपछि राजेन्द्रलक्ष्मी किन आत्तिइन्?
२०कथाको मुख्य सन्देश लेख्नुहोस्।
२१कथाको 'राजेन्द्रलक्ष्मीले ... गर्नुहोस्' कथांशबाट चारओटा प्रश्न बनाई तिनको उत्तर साथीसँग छलफल गर्नुहोस्।
२२राजेन्द्रलक्ष्मी र बहादुर शाहका बिच कुराकानी भइरहेको समयमा तपाईं पुग्नुभएको भए के सल्लाह दिनुहुन्थ्यो, कारणसहित वर्णन गर्नुहोस्।
२३व्याख्या गर्नुहोस्: बाहिरी शत्रुलाई उठ्न दिनाको मूल कारण घरझगडा हो।
२४व्याख्या गर्नुहोस्: शङ्काको डोरीमा पिङ खेल्नु नादानी हो।
२५'घरझगडा' कथाको सार एक अनुच्छेदमा लेख्नुहोस्।
२६राजेन्द्रलक्ष्मीले गरेका सबै कार्य राष्ट्रियता र स्वाधीनताका लागि मात्र छन् त, कथाका आधारमा तर्क दिनुहोस्।
२७सत्ता प्राप्तिका लागि हुने सङ्घर्षलाई कथाले कुन रूपमा देखाएको छ, समीक्षा गर्नुहोस्।
२८मनसम्बन्धी अनुच्छेदका आधारमा: व्यक्तिका मनमा कुन कुन गुण रहेका हुन्छन्?
२९मनसम्बन्धी अनुच्छेदका आधारमा: मन र इन्द्रियबिचको सम्बन्ध देखाउनुहोस्।
३०मनसम्बन्धी अनुच्छेदका आधारमा: राजस र तामस मनको तुलना गर्नुहोस्।
३१मनसम्बन्धी अनुच्छेदका आधारमा: व्यक्तिका व्यवहार कसरी निर्धारण हुँदा रहेछन्?
३२मनसम्बन्धी अनुच्छेदका 'गर्छ' र 'मानिन्छ' क्रियापदको धातु पहिचान गर्नुहोस्।
३३मनसम्बन्धी अनुच्छेदबाट सकर्मक क्रिया भएका कुनै दुई धातु टिपी अनुच्छेदमा प्रयोग भएभन्दा फरक वाक्यमा प्रयोग गर्नुहोस्।
३४मनसम्बन्धी अनुच्छेदबाट दीर्घ ईकार प्रयोग भएका चारओटा शब्द पहिचान गर्नुहोस्।
३५खेतमा रोपाइँको समयमा घरमुली खेतराजले परिवारका सबै सदस्यलाई फरक फरक काममा खटाएको प्रसङ्गजस्तै घरमुली र परिवारका सदस्य बनेर अभिनय गर्नुहोस्।
३६हत्केला र औँलाहरूको संवादबाट कस्तो शिक्षा पाइन्छ?
३७उमा र हरिको अनुच्छेदमा रेखाङ्कित किने, निस्के, गए, गरे, पढिन्, रमाए क्रियापदका धातु पहिचान गर्नुहोस्।
३८रेखाङ्कित किनेको, निस्केर, जाँदै, गरेको, देखेर, पढ्ने र गएर कृदन्त शब्द कुन कुन धातुबाट बनेका हुन्?
३९किने, गरे, पढिन् कर्म लिने सकर्मक क्रियापद र निस्के, गए, रमाए कर्म नलिने अकर्मक क्रियापद कुन कुन धातुबाट बनेका हुन्?
४०'रु' धातुबाट बनेका रूप (रुन्छ, रोयो, रुने छ, रोला, रुँदै थियो, रोएको थियो, रुन्थ्यो, रोएछ, रोओस्) जस्तै 'लेख्, उठ्, दि, समाउ' धातुबाट क्रियापद निर्माण गर्नुहोस्।
४१'काँडा झरेको ... चित्त बुझाएँ' कथांशमा भएका कृदन्त, धातु तथा सकर्मक र अकर्मक क्रियाका रूप पहिचान गर्नुहोस्।
४२सकर्मक र अकर्मक क्रियायुक्त वाक्यको प्रयोग गरी विद्यालयमा सम्पन्न कुनै अतिरिक्त क्रियाकलापको वर्णन गर्नुहोस्।
४३रवीन्द्र धामीको यात्रासम्बन्धी अनुच्छेद पढी सुरु, बिच र अन्तिममा दीर्घ ईकार प्रयोग भएका शब्दको अलग अलग सूची बनाउनुहोस्।
४४'घरझगडा' कथाबाट सुरु, बिच र अन्तिममा दीर्घ ईकार प्रयोग भएका शब्द पहिचान गरी साथीसँग छलफल गर्नुहोस्।
४५दिइएका बुँदालाई आधार मानी थप घटना निर्माण गरेर छोटो कथा तयार पार्नुहोस्: (क) पाण्डव वनबास रहेको समय हुनु (ख) एक जना ब्राह्मण आएर मृगले सिङमा उनेर लगेको छोरी बचाइदिन पाण्डवसँग आग्रह गर्नु (ग) पाण्डव मृगलाई खोज्न हिँड्नु (घ) उनीहरूलाई धेरै तिर्खा लाग्नु (ङ) युधिष्ठिरले भाइ सहदेवलाई पानी खोज्न पठाउनु (च) सहदेवले पोखरीमा पानी खान लागेको बेला यक्ष उत्पन्न हुनु (छ) यक्षले आफ्ना प्रश्नको उत्तर नदिई पानी नखान भन्नु तर सहदेवले नटेरी पानी खानु (ज) सहदेवले एक घुड्का पानी खानासाथ बेहोस हुनु
४६ऐतिहासिक विषयवस्तुमा आधारित कुनै एउटा कथा खोजी त्यसलाई कक्षामा प्रस्तुत गर्नुहोस्।
४७राजेन्द्रलक्ष्मीले सती नगएको कुरा कसरी सम्झिन्छिन्?
४८राजेन्द्रलक्ष्मीले भोज र मुञ्जको कथा किन सम्झिन्छिन्?
४९कथाको अन्त्य 'अब गर्ने के?' भन्ने प्रश्नमा किन गरिएको होला?
५०टुक्का र उखानमा के फरक छ?