१सुनाइ गर्दा राम्रोसँग बुझ्न के के गर्नुपर्छ ?
२‘नेपाल सर्वोपरि’ कवितामा नेपालका कुन कुन प्राकृतिक सुन्दरताको वर्णन गरिएको छ ?
३‘हामी एक हुने अनेक थरिका सद्भावका चेत छन्’ भन्ने पङ्क्तिको अर्थ स्पष्ट पार्नुहोस् ।
४‘मेलमिलापको फल’ कथामा हत्केलाले औँलाहरूलाई कसरी फकायो ? कथाको सन्देश के हो ?
५इमानसिंह चेमजोङको भाषा संस्कृतिको क्षेत्रमा के योगदान छ ?
६‘प्रमिथस र मान्छे’ कथामा मान्छेले दोस्रो पटक आगो लिन किन अस्वीकार गरे ?
७सरस्वतीले कालिदासलाई के शिक्षा दिइन् ?
८उँभौली र उँधौली पर्वबिच फरक छुट्याउनुहोस् ।
९‘पश्चाताप’ कथामा बुढाबुढीलाई किन पश्चाताप भयो ?
१०पारिस्थितिक प्रणाली भनेको के हो ? वातावरणका तीन भाग उदाहरणसहित लेख्नुहोस् ।
११इन्टरनेट बजारलाई किन प्रत्यक्ष बजार भनिन्छ ? यसका फाइदा र सीमा लेख्नुहोस् ।
१२चाणक्यका अनुसार सफल हुन शत्रु पनि किन जरुरी छ ?
१३मकै खेतीका लागि चाहिने तापक्रम, जमिन र रोप्ने समय बताउनुहोस् ।
१४लिङ्गे पिङको परम्परा किन जोगाउनुपर्छ ?
१५अब्राहम लिङ्कनले आफ्नो छोराले सिकोस् भनेर चाहेका कुनै पाँच कुरा लेख्नुहोस् ।
१६सङ्गीत भनेको के हो ? नौमती बाजामा कुन कुन बाजा पर्छन् ?
१७सामाजिकीकरण भनेको के हो ? यो किन आवश्यक छ ?
१८शैली भनेको के हो ? यसका प्रकार लेख्नुहोस् ।