१दिइएका शब्द र अर्थबिच जोडा मिलाउनुहोस्: सखारै, बुजो, गरम, आली, सामल, हंस। (अर्थहरू: तातो, गर्मी; बाटाका लागि बोकेको खाद्यवस्तु, बाटाखर्च; सबेरै, बिहानै; प्राण; एक प्रकारको रुख; मुखमा टम्म राख्ने काम, बिर्को; नपाकेको; खेतको सिमाना छुट्याउन वा पानी अडिने बनाउन चारैतिर केही उठाइएको माटोको डिल)
२'घरको माया' एकाङ्कीमा गाउँघरमा मेलापात गर्दा प्रयोग गरिने शब्द प्रयोग भएका छन्। त्यस्ता शब्दको सूची बनाई वाक्यमा प्रयोग गर्नुहोस्।
३दिइएका शब्दका विपरीतार्थी शब्द 'घरको माया' एकाङ्कीबाट खोजेर लेख्नुहोस्: वर, पछाडि, होची, उता, विपना, दुःखी, उँधो, तातो, बस, टाढै
४'घरको माया' एकाङ्कीबाट पाँच पाँचओटा टुक्का र अनुकरणात्मक शब्द टिपोट गरी वाक्यमा प्रयोग गर्नुहोस्।
५दिइएका शब्दको शुद्ध उच्चारण गर्नुहोस्: अल्लारे, रोपाइँ, तख्ता, झलक्क, काँगियो, दाह्री, घाँटी, अलपत्र, छट्टु, भुइँ
६'घरको माया' एकाङ्कीमा बसिराख्या, भ'को जस्ता कथ्य स्वरूपका शब्द प्रयोग भएका छन्। यस्ता अन्य १० ओटा शब्द खोजी तिनको लेख्य स्वरूप लेख्नुहोस्।
७साथी साथी मिली 'घरको माया' एकाङ्कीका पात्रको हाउभाउसहित भूमिका प्रदर्शन गर्नुहोस्।
८'घरको माया' एकाङ्कीको सुरु र अन्त्य कुन कुन घटनाबाट भएको छ ?
९एकाङ्कीका मुख्य र सहायक पात्र को को हुन् ?
१०एकाङ्कीमा सबैभन्दा बढी पटक संवाद गर्ने पात्र को हो ?
११जमान सिंहमा आन्तरिक द्वन्द्व बढ्नाको कारण के थियो ?
१२बतासेको 'किन बस्ने यहाँ ?' बाट सुरु भएर 'गइहालौँ । नबसौँ ।' मा टुङ्गिने भनाइ मौन पठन गर्नुहोस्। यो भनाइ एकाङ्कीमा कुन पात्रले भनेको हो ?
१३बतासेको 'किन बस्ने यहाँ ?' भन्ने भनाइमा वक्ताले व्यक्त गरेका देशभक्तिको भावना झल्काउने दुई भनाइ लेख्नुहोस्।
१४'आफ्ना पुर्खाको धर्म थामौँ' भन्नुको आशय के हो ?
१५बतासेको 'किन बस्ने यहाँ ?' भन्ने भनाइको मुख्य भावसँग तपाईं सहमत हुनुका कारण उल्लेख गर्नुहोस्।
१६'घरको माया' एकाङ्कीमा नेपाली समाजको कस्ता विषयवस्तु देखाइएको छ, वर्णन गर्नुहोस्।
१७जमान र लालमा पाइने चारित्रिक विशेषताको तुलना गर्नुहोस्।
१८एकाङ्कीमा कुन कुन ठाउँको परिवेश देखाइएको छ, लेख्नुहोस्।
१९'घरको माया' एकाङ्कीबाट के सन्देश पाइन्छ ?
२०भनाइको वक्ता को हो: 'म त सम्झन्नँ गाउँघर पनि, के सम्झनु छ र ?'
२१भनाइको वक्ता को हो: 'पँधेरामा जाँदा दुवै कर्के आँखाले हेराहेर गर्थ्यौँ ।'
२२भनाइको वक्ता को हो: 'म त भोकले भुतुक्क भा'को छु । दुई दिन भो क्यै खान नपाएको ।'
२३भनाइको वक्ता को हो: 'यहाँ आइपुगेर त हामी दुवैलाई यसै छोडेर कहाँ भाग्यो कहाँ ।'
२४भनाइको वक्ता को हो: 'रोपाइँको रमाइलाले मलाई बिर्सिहाल्लान् ।'
२५भनाइको वक्ता को हो: 'जाऊँ है त मितज्यू, फेरि आइयो भने भेटौँला नि !'
२६भनाइको वक्ता को हो: 'आफ्नो गाउँमा त भकारोकै छेउमा गुन्द्री हालेर सुत्ता पनि गनाउँदैनथ्यो ।'
२७भनाइको वक्ता को हो: 'उहाँ आमा कति रुँदी हुन् बालक छोरो, कहाँ गयो, के भयो भनेर !'
२८व्याख्या गर्नुहोस्: 'चुम्बकले फलामलाई तान्छ तर सुनलाई खिच्न सक्तैन ।'
२९व्याख्या गर्नुहोस्: 'जति पसिना बहाउनुपरे पनि आफ्नै घरबारीमा बहाऔँला । एक गेडा मकै भए पनि आफ्नै माटामा उब्जाउँला ।'
३०'घरको माया' एकाङ्कीका पात्रमा देखिएका सुख र दुःख सन्दर्भ बोध गरी त्यस्तै संवेग झल्कने छोटो संवाद तयार गर्नुहोस्।
३१'घरको माया' एकाङ्कीमा कसरी देश प्रेमको भावना प्रकट भएको छ, समीक्षा गर्नुहोस्।
३२गाउँको ठुलो रुखमुनि चौतारीमा गोलो घेरा बनाएर बसेका मान्छेहरूको चित्र वर्णन गर्नुहोस्।
३३युवालाई विदेसिनबाट रोक्न के गर्नुपर्ला, 'घरको माया' एकाङ्कीका आधारमा प्रतिक्रिया दिनुहोस्।
३४गुर्जो रुखको सहारामा हुर्कने, लहरा फैलाउने र मौसमअनुसार पात झार्ने बिरुवा हो। गुर्जोलाई लहरेदार पतझर बिरुवा मान्नुको कारण के हो ?
३५गुर्जो कस्तो भूभागमा पाइन्छ ?
३६गुर्जोको उपयोगिता लेख्नुहोस्।
३७गुर्जोका बिरुवा तयार पार्ने तरिका के के हुन् ?
३८गुर्जोबारेको अनुच्छेदको एउटा करण वाक्य 'गुर्जो लहरेदार पतझर बिरुवा हो ।' लाई अकरणमा वाक्यान्तरण गर्नुहोस्।
३९'डाँठको कलमीबाट नै यसका बिरुवा तयार गरिन्छन् ।' वाक्यलाई भूत र भविष्यत् कालमा वाक्यान्तरण गर्नुहोस्।
४०गुर्जोबारेको अनुच्छेदमा आउने आँख्ला, हाँगा, डाँठ, ठाउँ, बालुवा, बोक्रो जस्ता शब्दमध्ये चन्द्रबिन्दु प्रयोग भएका दुईओटा शब्द टिप्नुहोस्।
४१सुनिताको मनमा पनि सुख, दुःख जस्ता संवेग छन्। घुम्न जान नपाउँदा दुःखी भएकी सुनितालाई एक दिन बुबाले थाहा नदिई पोखरा घुम्न जाने टिकट ल्याइदिनुभयो र उनी आमालाई अँगालो मार्दै खुसी साटिन्। त्यस्तै तपाईंको परिवारका कुनै सदस्यले एक दिन सोच्दै नसोचेको उपहार ल्याइदिनुभयो र तपाईं खुसी हुनुभयो। यो खुसीको क्षण प्रस्तुत गर्दै मौखिक प्रस्तुति दिनुहोस्।
४२'विविषा मिहिनेती छिन् ।' वाक्यको लिङ्ग, वचन, पुरुष, काल, पक्ष, भाव, वाच्य र करण अकरण के के हुन् ? साथीसँग छलफल गर्नुहोस्।
४३कोष्ठकको निर्देशनअनुसार वाक्यान्तरण गर्नुहोस्: 'बहिनी बिहानै उठ्छिन् । उनी नृत्य सिक्न बजारसम्म पुग्छिन् । आमाले एक महिनादेखि यस तालिम केन्द्रमा भर्ना गरिदिनुभएको छ । उनले यो कुरा खुसी हुँदै ठुली माइजुलाई सुनाइन् ।' (लिङ्ग)
४४कोष्ठकको निर्देशनअनुसार वाक्यान्तरण गर्नुहोस्: 'उनीहरू सँगसँगै घर फर्के । उनीहरूले घर आउँदा गाउँलेका लागि कोसेली पनि किने । मोटा मान्छेका लागि भनेर चिनी नभएको मिठाई झोलामा राखे । घर पुग्नै लाग्दा उनीहरूलाई सेता पहाडले स्वागत गर्न लागेझैँ आभास भएछ ।' (वचन)
४५कोष्ठकको निर्देशनअनुसार वाक्यान्तरण गर्नुहोस्: 'म कर्मशील हुन नेपाल आएँ । आफ्नै बारीमा पसिना बगाउन थालेँ । मिहिनेतको कारण मैले राम्रै कमाइ गरेँ । घरखर्चबाहेकको आम्दानीलाई बैङ्कमा लगेर जम्मा गरेँ ।' (द्वितीय पुरुष)
४६कोष्ठकको निर्देशनअनुसार वाक्यान्तरण गर्नुहोस्: 'तँ आफ्नो काम आफैँ गर् । तँ आफ्नो काम अरूलाई नलगा । तँ स्वावलम्बी बन् । तँ देशलाई योगदान गर् ।' (उच्च आदर)
४७कोष्ठकको निर्देशनअनुसार वाक्यान्तरण गर्नुहोस्: 'आमा सखारै उठ्दी हुन्, जाँतामा कोदो पिन्दी हुन्, बुबा रातमा मेलाबाट आएर अगेनाको छेउमा बसेर काँचोपात भुटेको तमाखु सोतेमा खाँदा हुन्, त्यही त हो नि ।' (अभ्यस्त पक्ष)
४८'घरको माया' एकाङ्कीबाट फरक फरक काल र पक्षका दुई दुईओटा वाक्य टिपी तिनलाई करण भए अकरण र अकरण भए करणमा रूपान्तरण गर्नुहोस्।
४९अनुच्छेद पढी चन्द्रबिन्दु र शिरबिन्दु प्रयोग भएका शब्द टिपी तिनको उच्चारण गर्नुहोस्: 'संयोग घाँस काट्न खरबारीमा गए । उनीसँगै म पनि गएँ । त्यहाँ संहिता, संवृत र संरचना पनि पुगेका थिए ।'
५०'घरको माया' एकाङ्कीबाट चन्द्रबिन्दु र शिरबिन्दु प्रयोग भएका शब्द खोजेर छुट्टाछुट्टै सूची बनाउनुहोस्।
५१दिइएको अनुच्छेदलाई शुद्ध गरी पुनर्लेखन गर्नुहोस्: 'सम्योग भोली आउला । सम्बिधानको पुस्तक ल्याउला । म त्यो पुस्तक पढुला । मैंले देस को कानुन जान्नु पर्च । कानुन अनुषार हामी सबै चल्यौं भने मात्रै मुलुक बन्छ ।'
५२कुनै एउटा ऐतिहासिक घटनालाई विषयवस्तु बनाएर संवाद लेख्नुहोस्।
५३पुस्तकालय वा विद्युतीय सामग्रीको उपयोग गरी कुनै एउटा एकाङ्की खोजेर त्यसको विषयवस्तु कक्षामा प्रस्तुत गर्नुहोस्।
५४एकाङ्कीमा कोष्ठकभित्र लेखिएका वाक्यको काम के हो ? 'घरको माया' बाट दुई उदाहरण दिनुहोस्।
५५लालबहादुरले 'पैले पैले हामीले पनि त त्यसै गरेका हौँ नि । ऐले पो बल्ल कुल्ली हुन पायौँ ।' भन्नुमा के व्यङ्ग्य छ ?
५६बतासेले गाएको 'वनका वस्तु साँझ फर्किहाले आफ्नै घरको मायाले' भन्ने पङ्क्तिको अर्थ के हो र यसले लालबहादुरलाई कसरी छोयो ?