१अनुकरणात्मक शब्द र कार्यबिच जोडा मिलाउनुहोस्। शब्द: ख्वाङख्वाङ, गजक्क, डिच्च, लस्याङलुसुङ, जम्स्याङजुम्सुङ। कार्य: हाँस्नु, मुख लगाउनु, उफ्रनु, पर्नु, गर्नु, खोक्नु, हुनु।
२'पर्खनोस्' निबन्धबाट कुनै पाँचओटा पारिभाषिक शब्द खोजी तिनलाई वाक्यमा प्रयोग गर्नुहोस्।
३शब्दकोशको प्रयोग गरी शिक्षा र वाणिज्य क्षेत्रका पारिभाषिक शब्दको अर्थ लेख्नुहोस्। शिक्षा: पाठ्यक्रम, मूल्याङ्कन, पुनर्बल, पुस्तकालय, शिक्षालय। वाणिज्य: बासलात, भौचर, फर्स्यौट, आयव्यय, बेरुजु, बजेट, निक्षेप।
४'ओहो! अब त मेरो एकोहोरो फतफताइ अति नै भयो...' बाट सुरु हुने अनुच्छेदबाट पाँचओटा मौलिक शब्द पहिचान गरी लेख्नुहोस्।
५'पर्खनोस्' निबन्धमा व्यङ्ग्य गर्ने क्रममा आएका टुक्कालाई अर्थ खुल्ने गरी वाक्यमा प्रयोग गर्नुहोस्: कन्सिरी तात्नु, आगलागी हुनु, पानीमरुवा हुनु, जड चल्नु, दाउ हेर्नु।
६यी शब्दको शुद्ध उच्चारण गर्नुहोस्: सम्भाव्य, आश्वासन, ऋण, दार्शनिक, जम्स्याङजुम्सुङ, बकन्याइ, पर्खाइ, आणविक, भऱ्याङ, गिज्याउनु।
७'पर्खनोस्' निबन्ध पालैपालो सस्वरवाचन गर्नुहोस्।
८निबन्धमा सबैभन्दा लामो अनुच्छेद कति वाक्यमा संरचित छ?
९निबन्धमा सबैभन्दा बढी प्रश्नात्मक वाक्य भएको अनुच्छेद कुन हो?
१०निबन्धको कतिऔँ अनुच्छेद विस्मयसूचक शब्दबाट सुरु भएको छ?
११निबन्धका 'आउँदै गर्नुहोला', 'धाउँदै गर्नुहोला' पदावलीमा असमान संरचना भएको अक्षर कुन हो?
१२'आफू जुम्रा जस्तो जुम्सो छ अनि कामको सट्टा कुराले टार्न खोज्छ...' भन्ने निबन्धांशका आधारमा 'म' पात्रमा कस्ता कस्ता विशेषता पाइन्छन्?
१३जडचल्दा पर्खाइलाई किन जुम्स्याइँको जन्मदाता भनिएको हो?
१४'म' पात्रले कुन कुन कामका लागि पर्खाइको सामना गर्नुपरेको छ?
१५निबन्धांशमा भनेजस्तै सबैलाई पर्खनुपर्ने अवस्थाको अन्त्य गर्न के गर्नुपर्ला?
१६'जे होस् ल, आफ्नै कुरा गरूँ...सभ्य शिक्षितहरू चिल्ला शब्द प्रयोग गर्छन्। आखिर पर्खन सबै पर्खन्छन्, सबै पर्खाउँछन्।' भन्ने अनुच्छेदमा शिक्षित मानिसलाई कस्तो व्यङ्ग्य गरिएको छ?
१७कसैसँग काम लिनका लागि पर्खनैपर्ने चलन हटाउन हामीले के गर्नुपर्ला?
१८यो अनुच्छेदबाट तीनओटा बोध प्रश्न बनाई तिनको उत्तर लेख्नुहोस्: 'मानिस र वनस्पतिबिच गहिरो सम्बन्ध छ। मानिसको बाँच्ने आधार वनस्पति हो। माना, छाना र नाना जस्ता मानिसका आधारभूत आवश्यकताको प्रमुख स्रोत वनस्पति हो। उद्योगका लागि आवश्यक कच्चा पदार्थका मूल स्रोत वनस्पति हुन्। आजको विश्व अर्थतन्त्रको करिब ४० प्रतिशत अंश प्रत्यक्ष वा परोक्ष रूपमा वनस्पतिलगायतका जैविक स्रोतको उपयोगमा आधारित छ। त्यति मात्र होइन, मानिसलाई सास फेर्न र बाँच्न नभई नहुने अमूल्य तत्त्व अक्सिजनको स्रोत हरिया वनस्पति नै हुन्। हरेक वनस्पति सेवन वा अन्य प्रयोजनका लागि उपयोगी नभए पनि यिनका सबै प्रजातिले मानिसका निम्ति अपरिहार्य अक्सिजन भने निरन्तर रूपमा उत्पादन गरिरहन्छन्। मानिसका लागि काम नलाग्ने वनस्पति चाहिँ यस संसारमा कुनै पनि छैन। त्यसैले मानिसको अस्तित्वका लागि वनस्पति जगत्को महत्त्वपूर्ण योगदान रहेको हुन्छ।'
१९'पर्खनोस्' निबन्धको अन्तिम दुई अनुच्छेदको सारांश लेख्नुहोस्।
२०'पर्खनोस्' निबन्धको विषयवस्तुमाथि प्रकाश पार्नुहोस्।
२१निबन्धको 'सत्य, समता र शान्ति पर्खँदै आएको मानिस झन् विषमताको विषले बौलाहिरहेछ, अशान्त भइरहेछ।' भन्नुको तात्पर्य के हो?
२२निबन्धमा मानिसका कस्ता कमी कमजोरीप्रति व्यङ्ग्य गरिएको छ?
२३'पर्खनोस्' निबन्धबाट कस्तो सन्देश पाउन सकिन्छ?
२४व्याख्या गर्नुहोस्: 'सबै पर्खाइको पछिल्तिर मेरा सयौँ सपना पर्खिरहेछन्, इच्छा र आकाङ्क्षा पर्खिरहेछन्।'
२५व्याख्या गर्नुहोस्: 'हामी दुवै चाहन्छौँ एउटा त्यस्तो दुनियाँ सिर्जना गरौँ जहाँ कसैले कसैलाई कुराले मात्र टार्न नसकोस्!'
२६'पर्खनोस्' निबन्धमा हाम्रा समाजका कस्ता पक्षमाथि व्यङ्ग्य गरिएको छ, समीक्षा गर्नुहोस्।
२७गाउँको चौरमा गोलो घेरा बनाएर बसेका मानिसहरूलाई एक महिलाले 'समुदाय' लेखिएको पाटी देखाउँदै केही बुझाइरहेको चित्र वर्णन गर्नुहोस्।
२८'पेट्रोलियम पदार्थको मूल्यवृद्धि' शीर्षकमा १५० शब्दसम्मको टिप्पणी लेख्नुहोस्।
२९'आर्थिक समृद्धिमा पर्यटन उद्योग' शीर्षकमा निबन्ध तयार पार्नुहोस्।
३०'मेरो जीवनको लक्ष्य' शीर्षकमा निबन्ध तयार पार्नुहोस्।
३१'नेपालको विकासमा जलस्रोतको भूमिका' शीर्षकमा निबन्ध तयार पार्नुहोस्।
३२समीक्षात्मक सोच भन्नाले के बुझिन्छ?
३३समीक्षात्मक सोचले विद्यार्थीलाई के कुरामा आत्मनिर्भर बनाउँछ?
३४समीक्षात्मक सोचको प्रयोग कसकसमा हुनु जरुरी छ?
३५समीक्षात्मक सोचले के कुरामा फाइदा पुर्याउन सक्छ?
३६'विद्यार्थीलाई समीक्षात्मक सोचमा तल्लीन बनाउनुपर्छन्।' वाक्यलाई पदसङ्गति मिलाई लेख्नुहोस्।
३७'शिक्षक र साथीभाइले राखेका तर्कको विश्लेषण गर्दा समीक्षात्मक सोचको उपयोग हुनुहुन्छ।' वाक्यलाई पदसङ्गति मिलाई लेख्नुहोस्।
३८'जिम्मेवारी लिन, समीक्षात्मक् सोच र गुण दोष् छुट्याउन गरिने' जस्ता पदावलीका हलन्त अजन्त प्रयोगसम्बन्धी त्रुटि सच्याई लेख्नुहोस्।
३९यो सन्दर्भ पढ्नुहोस् र तोकिएको काम गर्नुहोस्: 'खचाखच भिडले भरिएको बसमा रणवीर चढ्न खोजे। बसभित्रका यात्रुले भने, "ठाउँ छैन, यस्तो कोचाकोच भएको बसमा नचढ्नुहोस्, अर्को बसमा आउनुहोस्।" रणवीरले भने, "के गर्नु हजुर हतार छ!" यात्रुले आँखा तर्दातर्दै रणवीर बसमा अटेसमटेससाथ चढे। एकैछिनमा अर्का यात्रु चढ्न खोजे। रणवीरले भने, "ठाउँ छैन, यस्तो कोचाकोच छ। अर्को बसमा चढ्नु" रणवीरको व्यवहार देखेर नजिकैको सिटमा बसेका यात्रु मुसुमुसु हाँस्दै मनमनै भने। हैट, मान्छेको स्वभाव!' तपाईं पनि कक्षामा अर्काको लेख रचनाको नक्कल गरी लेखक बन्न खोज्ने व्यक्तिप्रति व्यङ्ग्य गर्दै हास्यव्यङ्ग्यात्मक प्रस्तुति दिनुहोस्।
४०छोराका शिक्षकलाई लेखिएको प्रसिद्ध चिठी (अब्राहम लिङ्कनको भनिने) सुनेर यी वाक्य ठिक भए ठिक र बेठिक भए बेठिक भन्नुहोस्: (क) सबै मानिस एकै किसिमका हुँदैनन्। (ख) मेरो छोरो जतातिर हुल छ, त्यतैतिर लाग्ने प्रवृत्तिको नहोस्। (ग) कहिलेकाहीँ आँखाबाट आँसु झार्नु लाजमर्दो कुरो हो। (घ) मेरो छोरो दुःख र कष्टमा प्रफुल्ल रहन सक्ने होस्।
४१त्यही चिठीका आधारमा: समाजमा कस्ता कस्ता मानिस हुन्छन्?
४२छोरालाई फूलको शाश्वत रहस्य बुझ्न केही समय दिनुहोस्, भन्नुको आशय के हो?
४३आगाको लप्काबाट के खारिन्छ?
४४त्यस चिठीमा छोरालाई कस्तो बन्न प्रेरित गराउन खोजिएको छ?
४५'रमा पुस्तक पढ्छिन्।' वाक्यको पदसङ्गतिबारे साथीसँग छलफल गर्नुहोस्।
४६यी वाक्यको वचन, पुरुष, लिङ्ग र आदर छुट्याउनुहोस्: तैँले पाठ पढिस्। ऊ घर जान्छ। रमा घर जान्छे। उहाँ धनकुटा जानुहुन्छ। म खेल खेल्छु। हामीहरू रारा पुग्यौँ।
४७यस अनुच्छेदका वाक्यको क्रियापद सच्याएर पदसङ्गति मिलाई लेख्नुहोस्: 'कक्षाका साथीहरू वनभोज गएछ। सीता र रीता वनभोज गइनछन्। गीता चाहिँ गएछ। बुबाले सबैलाई वनभोज जान अनुमति दिएछ। आमाले पनि सहमति जनाएछ। उहाँले गीतालाई ढिलो नगर्नु भनिछन्। आमाले तँ चाँडै आउ र बेलुकी घुम्न जाऔँला भनिछन्। आमाले मलाई ढिलो नगर्नु भनेको छ भने गीताले साथीलाई भनेछ। गीताले आमाको कुरा मान्नुभएछ र समयमा घर आउनुभएछ। गीता समयमा घर आएकामा आमा खुसी भइछ।'
४८सङ्केतअनुसार पदसङ्गति मिल्ने क्रियापद भर्नुहोस्: (क) पारस पाण्डे एयरपोर्ट पुगेछन्। (उच्च आदर) (ख) खटपटानन्द खतिवडा खेततिर झरेछन्। (सामान्य आदर) (ग) ऊ घरतिर हिँडी। (मध्यम आदर) (घ) उनी पाठ पढ्छिन्। (द्वितीय पुरुष, सामान्य आदर) (ङ) ऊ भोलि आउने छ। (प्रथम पुरुष, स्त्रीलिङ्ग) (च) उनीहरू भोलि आउने छन्। (सामान्य आदर) (छ) उनी भोलि आउने छन्। (स्त्रीलिङ्ग)
४९'पर्खनोस्' निबन्धबाट हलन्त र अजन्त हुने पाँच पाँचओटा शब्द टिपोट गर्नुहोस्।
५०हलन्त र अजन्तको उपयुक्त प्रयोग गरी यो अनुच्छेद पुनर्लेखन गर्नुहोस्: 'तैँले के गरिस भनेर् मलाई साथीले सोध्यो। मैले गृहकार्य गरेँ भनेपछि उसले मलाई भन्यो, अब् म पनि गृहकार्य गर्छु। तँ पनि गृहकार्य गर। उमेश, रमेश, श्यामले पनि गृहकार्य सकेछन्।'
५१'समाजमा देखिएका विकृति' शीर्षकमा हास्यव्यङ्ग्य शैलीको छोटो निबन्ध लेख्नुहोस्।
५२रेडियो, टेलिभिजन वा सामाजिक सञ्जालमा प्रसारित कुनै एउटा हास्यव्यङ्ग्य रचनाको विषयवस्तु र सन्देश लेखी कक्षामा सुनाउनुहोस्।
५३'यसै बेला यतिखेरै कपुरीकान्त कार्की...' बाट सुरु हुने अनुच्छेदमा लेखकले भाषासँग कस्तो खेल खेलेका छन्?
५४'पर्खनोस्' निबन्धको सुरु र अन्त्यबिच के सम्बन्ध छ?
५५'बाँच्नुको पर्याय नै पर्खनु हो' भन्नुको अर्थ स्पष्ट पार्नुहोस्।
५६'पर्खनोस्' लाई हास्यव्यङ्ग्य निबन्ध किन भनिन्छ?