पाठ १२ · पाब्लो पिकासो

पाब्लो पिकासो

नेपालीविषय
८ minअनुमानित समय
१दिइएका अर्थसँग मिल्ने शब्द 'पाब्लो पिकासो' जीवनीबाट खोजेर लेख्नुहोस्: (क) सय वर्षको समय वा पिरियड (ख) मूर्त नभएको (ग) अत्यन्त धेरै मोल पर्ने (घ) कहिल्यै नमर्ने (ङ) कलापूर्ण ढङ्गले सजाइएको (च) प्राचीन महत्त्वका वस्तु राखिने ठाउँ
२'पाब्लो पिकासो' जीवनीका आधारमा वाक्यको सन्दर्भ बोध गरी दिइएका शब्दको अर्थ लेख्नुहोस्: अद्भुत, शैशवावस्था, पूर्णकालीन, बहुमुखी, सिर्जना, मनस्थिति, आकृति, विसङ्गत, कृति
३दिइएको अनुच्छेदबाट आगन्तुक शब्द पहिचान गरी लेख्नुहोस्: 'किताब, कापी, कलम बोकेर सधैँ विद्यालय जाने हामी आज परियोजना कार्यका लागि निस्किने भयौँ। बिहान करिब नौ बजे साथीको फोन आएपछि माइक्रोबस चढ्न म घरबाट निस्केँ। गाडी चढेपछि झ्यालनेरको सिटमा बसेँ। पेम्बाले बसमा रमाइलो गर्नका लागि डम्फु र मादल ल्याएका रहेछन्। हाकुमायाले खाजाका लागि समयबजी, योमरी, बारा आदि ल्याएकी रहिछन्। दिपसनले थर्मसमा चिया बोकेका रहेछन्। केहीबेरमा हामी सेती किनारको रक गार्डेनमा पुग्यौँ र त्यहाँका दृश्य क्यामेरामा कैद गरी नास्ता खाएर घर फर्कियौँ।'
४'पाब्लो पिकासो' जीवनीबाट कुनै पाँचओटा आगन्तुक शब्द टिपी तिनलाई जीवनीमा भन्दा भिन्न तरिकाले वाक्यमा प्रयोग गर्नुहोस्।
५दिइएका शब्दको शुद्ध उच्चारण गर्नुहोस्: महत्त्वपूर्ण, मूर्तिकार, दृष्टिकोण, बहिष्कृत, दृष्टिविहीन, प्रदर्शन, आक्रोश, भिक्षु, उत्तरार्ध, उत्कृष्ट, प्रतिबिम्ब, सीमान्तकृत
६'पाब्लो पिकासो' जीवनी पालैपालो सस्वरवाचन गर्नुहोस्।
७दिइएका प्रश्नको उत्तर भन्नुहोस्: (क) 'पाब्लो पिकासो' जीवनीको पहिलो अनुच्छेदमा कतिओटा वाक्य रहेका छन्? (ख) जीवनीको तेस्रो अनुच्छेदको शीर्षवाक्य भन्नुहोस्। (ग) जीवनीको 'पिकासोका कलाकृति .... बिक्री भए।' अंशको विषयवस्तु भन्नुहोस्। (घ) जीवनीको तेस्रो अनुच्छेदका घटना क्रमबद्ध रूपमा भन्नुहोस्।
८'पाब्लो पिकासो' जीवनी पढी दिइएका घटना कुन कुन मितिमा भएका हुन्, लेख्नुहोस्: (क) स्पेनको सामान्य मध्यमवर्गीय परिवारमा पिकासोको जन्म हुनु (ख) पिकासोको 'वुमन अफ अल्जियर्स' ले संसारको सबैभन्दा महँगो पेन्टिङका रूपमा विश्व कीर्तिमान राख्नु (ग) अन्तर्राष्ट्रिय लेनिन पुरस्कारबाट पिकासो सम्मानित हुनु (घ) पिकासोको भौतिक शरीरको अवसान हुनु (ङ) पिकासोको परिवार ला कोरुनामा बसाइँ सर्नु (च) पिकासोले आफ्ना चित्र प्रदर्शन गर्न र बेच्न थाल्नु
९जीवनीको यो अंश मौन पठन गरी प्रश्नको उत्तर दिनुहोस्: 'यिनै महान् प्रतिभाशाली कलाकारको योगदानको उच्च मूल्याङ्कन गर्दै उनलाई सन् १९५० र १९६१ गरी दुई पटक अन्तर्राष्ट्रिय लेनिन पुरस्कारबाट सम्मान गरिएको थियो। मध्यमवर्गीय परिवारमा जन्मेका पिकासो जीवनको पूर्वार्धमा आर्थिक तथा पारिवारिक समस्यामा परे पनि जीवनको उत्तरार्धमा आफ्ना कलाकृति बेचेरै प्रशस्त आर्थिक उपार्जन गरे। म धेरै पैसा कमाएर गरिबको रूपमा बाँच्न चाहन्छु भन्ने पिकासो आखिरमा त्यस्तै साधारण जीवन बाँचे। ९१ वर्षको दीर्घ आयु बाँचेका विलक्षण प्रतिभाशाली कलाकार पिकासोको भौतिक शरीरको अवसान ८ अप्रिल १९७३ मा भयो तर पनि उनी आफ्ना अनमोल कलामार्फत अजर र अमर बनेका छन्।' (क) पिकासोले जीवनमा कस्ता कठिनाइ सामना गर्नुपरेको थियो? (ख) पिकासोलाई कुन कुराले अमर बनायो? (ग) अनुच्छेदमा कलाकारको जीवनबारे कस्तो धारणा पाइन्छ? (घ) पिकासो सादा जीवन उच्च विचारका अनुयायी थिए भन्ने कुरा पुष्टि गर्नुहोस्।
१०जीवनीको 'मानव वेदनाको जीवन्त चित्रण भएका कला सिर्जनामा पिकासोले आफ्नो सम्पूर्ण जीवन समर्पण गरे ... संसारलाई चहकिलो ज्योति छर्न सक्छ।' अंश पढी उत्तर लेख्नुहोस्: (क) पिकासोका कलाकृतिमा कस्ता विषयवस्तुले स्थान पाएका थिए? (ख) पिकासोका कलाकृतिमा पाइने विशेषता लेख्नुहोस्।
११व्याख्या गर्नुहोस्: हरेक बालबालिकामा विशिष्ट सिर्जना शक्ति र प्रतिभा हुन्छ, उचित अवसर र लगनशीलता भए ऊ एउटा कलाकार बन्न सक्छ, जीवनलाई सार्थक बनाउन सक्छ र संसारलाई चहकिलो ज्योति छर्न सक्छ।
१२व्याख्या गर्नुहोस्: बन्दुकभन्दा कलम र कुची बलियो हुन्छ।
१३'पाब्लो पिकासो' जीवनीको पहिलो अनुच्छेद शिक्षकबाट सुनेर लेख्नुहोस्।
१४दिइएका प्रश्नको उत्तर लेख्नुहोस्: (क) पिकासोको बाल्यकाल कस्तो परिवेशमा बित्यो? (ख) पिकासोले चित्रमा कुन कुन पक्ष समेटेका छन्? (ग) पिकासोले आफ्नो जीवनको लक्ष्य पूरा गर्न कस्ता सङ्घर्ष गर्नुपरेको थियो? (घ) पिकासोको जीवनबाट पाइने जीवनोपयोगी सन्देश उल्लेख गर्नुहोस्।
१५पाब्लो पिकासोले कलाकारिताको क्षेत्रमा पुर्‍याएका योगदानको चर्चा गर्नुहोस्।
१६दिइएको अनुच्छेदबाट मुख्य मुख्य चारओटा बुँदा टिपी सारांश लेख्नुहोस्: 'प्रेरक व्यक्तित्वका जीवनका महत्त्वपूर्ण घटना समेटेर तयार पारिने गद्य विधा नै जीवनी हो। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगत्मा ख्याति प्राप्त व्यक्तित्वको जीवनीबाट विद्यार्थीले सत्प्रेरणा प्राप्त गर्छन्। जीवनीमा व्यक्तिका चारित्रिक विशेषतालाई तथ्यपरक रूपमा प्रस्तुत गरिन्छ। ... विद्यार्थीमा मनोबल विकास गर्नु, सच्चरित्र विकास गर्नु, जीवनको लक्ष्य निर्धारण गर्न सहयोग गर्नु आदि यसका प्रयोजन रहन्छन्। ... जीवनी पठनबाट विद्यार्थीमा सकारात्मक सोच, इमानदारिता, सामाजिक व्यवहार, मानवीय भावना आदिको समेत विकास हुन्छ। यसले असल व्यक्तित्व निर्माणका साथै सार्थक जीवनको मार्गमा अग्रसर हुन सघाउँछ।'
१७अनु पाठकको नमुनाका सूचकका आधारमा तपाईंले आफ्नो व्यक्तिवृत्त तयार गरी कक्षामा प्रस्तुत गर्नुहोस्।
१८पत्रकारितासम्बन्धी अनुच्छेद पढी उत्तर लेख्नुहोस्: (अ) पत्रकारिता भनेको के हो? (आ) प्रेस जगत्ले कोबाट शक्ति आर्जन गरेको हुन्छ? (इ) पत्रकारिताले के काम गर्छ? (ई) प्रजातान्त्रिक राज्य व्यवस्थामा प्रेस जगत्को भूमिका किन अपरिहार्य हुन्छ?
१९भाषिक संरचना र वर्णविन्यास पहिचान गर्नुहोस्: (अ) लेखकले भने, "पत्रकारितालाई समाजको दर्पण भनिन्छ।" यो वाक्यलाई अप्रत्यक्ष कथनमा परिवर्तन गर्नुहोस्। (आ) प्रजातन्त्रमा जनता र सरकारबिच प्रत्यक्ष सम्बन्ध हुन्छ भनेर विज्ञले भने। यो वाक्यलाई प्रत्यक्ष कथनमा परिवर्तन गर्नुहोस्। (इ) पत्रकारितासम्बन्धी अनुच्छेदबाट 'ज्ञ' र 'ग्य' प्रयोग भएका एक एकओटा शब्द खोजी लेख्नुहोस्।
२०निमाले 'देशप्रेम' कविता लेखेकी र शिक्षकले प्रशंसा गरी हौसला दिएको सन्दर्भ पढ्नुहोस्। कक्षामा एक जना शिक्षक र विद्यार्थी बनेर शिक्षकले विद्यार्थीलाई राम्रो पढाइबारे हौसला दिएको मौखिक प्रस्तुति गर्नुहोस्।
२१पिकासो र साथीबिचको कुराकानीका दुई अंश पढी प्रत्यक्ष र अप्रत्यक्ष कथनबारे मनन गरी साथीसँग छलफल गर्नुहोस्।
२२दिइएको अनुच्छेदबाट प्रत्यक्ष र अप्रत्यक्ष कथनका वाक्य पहिचान गरी लेख्नुहोस्: 'चित्रमाया बिहान १० बजेतिर पवनप्रसादको पसलमा पुगिन्। उनले भनिन्, "शङ्खधर साख्वाको यो तैलचित्रको मूल्य कति हो?" पवनप्रसादले भने, "यो चित्रको मूल्य ७५ हजार हो।" चित्रमायाले यो चित्र त निकै महँगो रहेछ भनिन्। पसले पवनले यो चित्र लैजाने भए मिलाएर दिउँला भने। चित्रमायाले भनिन्, "७० हजारमा दिनुहुन्छ?" पवनप्रसादले भने, "हुन्छ लैजानुहोस्, बिहानको पहिलो ग्राहक भएकाले यति रकममा पाउनुभयो।"'
२३चित्रमाया र पवनप्रसादको अनुच्छेदका प्रत्यक्ष कथनका वाक्यलाई अप्रत्यक्ष र अप्रत्यक्ष कथनका वाक्यलाई प्रत्यक्ष कथनमा परिवर्तन गर्नुहोस्।
२४मुगु र पाल्पाको फोनमा भएको कुराकानीलाई अप्रत्यक्ष कथनमा परिवर्तन गर्नुहोस्: मुगु: हेलो पाल्पाज्यू, सन्चै हुनुहुन्छ! पाल्पा: अँ सन्चै छु, तपाईंलाई कस्तो छ? मुगु: मलाई सन्चै छ। अहिले के गर्दै हुनुहुन्छ? पाल्पा: म त पाल्पाली ढाका बुन्दै छु। तपाईं के गर्दै हुनुहुन्छ नि? मुगु: अँ, म पनि राडीपाखी बुन्दै छु! पाल्पा: ए! कति राम्रा होलान् है मुगुका राडीपाखी? मुगु: अँ राम्रा छन्, रारा घुम्न आउनू अनि राडीपाखी लिएर जानू। पाल्पा: हुन्छ, म ढाकाका कपडा लिएर आउँछु। ढाकाको टोपी, पछ्यौरा र चोली लिएर आउँछु। मुगु: हुन्छ आउनू, मलाई पाल्पाका ढाकाका कपडा साह्रै मन पर्छन्। पाल्पा: हुन्छ हजुर, भेटमा थप कुरा गरौँला, अहिलेलाई फोन राखौँ है। मुगु: हवस्, नमस्ते।
२५दिइएको अनुच्छेदलाई शुद्ध गरी पुनर्लेखन गर्नुहोस्: 'ग्यानप्रसाद ज्ञालेन लिएर विग्यान ग्यवालीको पसलमा मटितेल लिन गएछन्। विग्यान सर भने गाडीको एसीमा ज्ञास सकिएर ज्ञारेजमा गएका रहेछन्। उनले मिस्त्रीलाई गाडीबारे सोधेछन्। मिस्त्रीले भनेछ, "गाडीमा ज्ञास सकिएछ। गाडी चलाउने मान्छेमा गाडीसम्बन्धी ग्यान पनि हुनुपर्छ। अग्यानी भइयो भने दुःख पाइन्छ।" त्यसैले ग्यानप्रसादको विग्यान ग्यवालीसँग भेट भएनछ।'
२६'ग्य' र 'ज्ञ' प्रयोग भएका शब्द प्रयोग गरी एउटा अनुच्छेद लेख्नुहोस्।
२७दिइएका बुँदाका आधारमा मोतीराम भट्टको छोटो जीवनी तयार पार्नुहोस्: युवाकविका रूपमा नेपाली साहित्यमा परिचित; कवि, गजलकार, जीवनीकार, समालोचकका रूपमा परिचित बहुमुखी व्यक्तित्व; वि.सं. १९२३ भाद्र, काठमाडौँमा जन्म; पितामाता दयाराम भट्ट र रिपुमर्दिनी देवी; फारसी, उर्दु, अङ्ग्रेजी, हिन्दी र संस्कृत भाषाको ज्ञान; वि.सं. १९३७ मा विवाह; नेपालीमा गजल र समस्यापूर्ति कविताका आरम्भकर्ता; नेपालमा छापाखाना स्थापना, पत्रिका प्रकाशन; काठमाडौँ र बनारसमा मोती मण्डलीको स्थापना; भानुभक्तीय रामायणको बालकाण्ड प्रकाशन; वि.सं. १९५३ मा देहावसान
२८पुस्तकालयमा रहेका सामग्रीको सहयोग लिई वा आफूले चिने जानेका कुनै एक जना गीतकारको जीवनी तयार पार्नुहोस्।
२९पिकासोको ब्लु पिरियड र पिङ्क पिरियडबिच फरक देखाउनुहोस्।
३०घनवाद भनेको के हो? यसमा चित्र कसरी बनाइन्छ?
३१'गुएर्निका' चित्रलाई किन सबैभन्दा महान् युद्धविरोधी चित्र मानिन्छ?
३२प्रत्यक्ष र अप्रत्यक्ष कथनबिच के फरक छ? एउटा उदाहरणसहित लेख्नुहोस्।