पाठ ११ · कर्तव्य

कर्तव्य

नेपालीविषय
८ minअनुमानित समय

कथाका कठिन शब्द र तिनको अर्थ

  • विपुल: अति धेरै, प्रशस्त
  • फिराद: सम्बन्धित अदालत वा अधिकारीसमक्ष न्याय पाउन गरिने उजुर, नालिस
  • लबेदा: मयलपोस, दौरा
  • विख्यात: नाम चलेको, प्रसिद्ध
  • बुलबुल: अगिल्तिर लामा रौँ राखेर कपाल बनाउने ढाँचा
  • बिता: बहादुरी देखाएबापत वा वृत्तिका लागि प्राप्त भएको सरकारलाई तिरो तिर्न नपर्ने जग्गा
  • लरलहना: लेनदेनको व्यवहार, लगानी
  • निसाफ: कुनै मुद्दामामिलामा अदालतबाट दिइने न्याय, अदालती निर्णय
  • रोबरवाफ: तडकभडक, धाक
  • जिउनी: सन्तानलाई अंशबन्डा गर्दा आमाबुबाले आफ्ना लागि छुट्याएको सम्पत्तिको भाग
  • तपनी: मन्द ज्वरो
  • मौजा: जग्गा, जमिन, गाउँ
  • मेधावी: बुद्धि भएको, मेधावान्
  • असमञ्जस: दोधारको अवस्था
  • फलैँचा: धेरै मानिसलाई अडेस लगाएर बस्न मिल्ने गरी बनाइएको काठ वा फलेकको आसन
  • वेदी: धार्मिक कार्यका लागि अग्लो र सम्म पारी विभिन्न आकारमा बनाइएको भाग वा चौकी
  • तिलक: होम गर्दा डढेको चरुको कालो टीका
  • गन्धर्व: गाउने बजाउने कलामा प्रवीण, गानबजान नै पेसा भएको व्यक्ति
  • कुल: पितापुर्खादेखि एउटै थर, गोत्र, सम्बन्ध आदिको घराना, वंश
  • असत्ती: इमानजमान नभएको, साँचो व्यवहार नगर्ने, दुष्ट स्वभावको
  • जोरीपारी: आफ्नो उन्नति प्रगतिमा डाह गर्ने र हानिनोक्सानीमा खुसी मान्ने छरछिमेकका व्यक्ति
  • वरणी: विवाहमा जन्ती आइपुग्नेबित्तिकै दुलाहा घरमा नलगी दुलहीका बाबुले गर्ने पूजा
  • रघुवंश: रघु राजाबाट प्रवर्तन भएको वंशपरम्परा
  • वैद्य: आयुर्वेद उपचारको विधिअनुसार रोगको उपचार गर्ने व्यक्ति, कविराज
  • पथपरेज: रोगीले खान हुने नहुने वा गर्न हुने नहुने कुरा आदिको अनुशासन, मुख बार्ने काम
🔐

यहाँ अरू ३३ खण्ड छन् - सबै पढ्न लगइन गर्नुहोस्।