पाठ १० · व्यावसायिक चिठी

व्यावसायिक चिठी

नेपालीविषय
८ minअनुमानित समय
१शब्दकोशको सहायता लिई दिइएका शब्दको अर्थ लेख्नुहोस्: भुक्तानी, अत्यधिक, उपत्यका, ब्रोकाउली, कृषक, नगदेबाली, तपसिल
२संस्कृत र नेपाली भाषाबिचको संवाद पढी मौलिक र आगन्तुक शब्दबारे साथीसँग छलफल गर्नुहोस्।
३'झगडाको राम्रो फैसला गर्न सक्ने कृष्ण राय घरबाट बाहिर कम निस्कन्थे...' भन्ने अनुच्छेदबाट तद्भव र आगन्तुक शब्द दुई दुईओटा पहिचान गर्नुहोस्।
४'सवारी दुर्घटना किन र कसरी हुन्छ...' भन्ने अनुच्छेदबाट तत्सम र आगन्तुक शब्द दुई दुईओटा पहिचान गर्नुहोस्।
५'नेपालमा परम्परागत सिँचाइका कुलो, इनार आदिका सहायताले खेती गर्ने...' भन्ने अनुच्छेदबाट तत्सम र तद्भव शब्द दुई दुईओटा पहिचान गर्नुहोस्।
६'वायुमण्डल विभिन्न ग्याँसले बनेको छ...' भन्ने अनुच्छेदबाट तत्सम र आगन्तुक शब्द दुई दुईओटा पहिचान गर्नुहोस्।
७पत्र रचनासँग सम्बन्धित शब्दलाई वाक्यमा प्रयोग गर्नुहोस्: सम्बोधन, विषय, निवेदक, अभिवादन, प्रेषक, प्रापक, भवदीय
८दिइएका शब्दको शुद्ध उच्चारण गर्नुहोस्: उपर्युक्त, शीतोष्ण, ट्रान्सपोर्ट, टिस्टुङ, विगत, सामग्री, स्थानीय, पुनश्चः
९'व्यावसायिक चिठी' पाठ पालैपालो सस्वरवाचन गर्नुहोस्।
१०चिठी कुन विषयवस्तुमा लेखिएको छ?
११चिठीमा सम्बोधनपछि कुन कुरा उल्लेख गरिएको छ?
१२चिठी कसले कसलाई लेखेको हो?
१३चिठीको अन्त्य कसरी भएको छ?
१४घरपझोङ गाउँपालिका मुस्ताङका तर्फबाट लेखेको माथिको चिठीको प्रत्युत्तर लेख्नुहोस्।
१५विद्यालय तहका अनिवार्य विषयका पाठ्यपुस्तक उपलब्ध गराइदिन अनुरोध गर्दै पुस्तक पसलका तर्फबाट जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, सानोठिमी भक्तपुरलाई लेखिने पत्रको नमुना तयार पार्नुहोस्।
१६शैक्षिक भ्रमणको प्रबन्ध मिलाइदिन अनुरोध गर्दै विद्यालयका प्रधानाध्यापकलाई लेखिने निवेदनको नमुना तयार पार्नुहोस्।
१७इमेल लेखनको तरिका पढ्नुहोस् र समूहमा छलफल गर्नुहोस्: इमेलका मुख्य भाग के के हुन्?
१८इमेल लेखनको तरिकाका आधारमा शैक्षिक भ्रमणमा सहभागिताको अनुरोध गर्दै प्रधानाध्यापकलाई इमेल लेख्नुहोस्।
१९समाचार लेखन र समाचार लेखनको नमुना पढ्नुहोस् र समूहमा छलफल गर्नुहोस्: समाचार कुन शैलीमा लेखिन्छ?
२०तपाईँको विद्यालयले कुनै समाजसेवीलाई सम्मान गरेको कार्यक्रमको समाचार लेख्नुहोस्।
२१सम्पादकलाई चिठीको सन्दर्भ र नमुना पढी कविता प्रकाशन गर्न अनुरोध गर्दै सम्पादकलाई लेखिने चिठीको नमुना तयार पार्नुहोस्।
२२सडक दुर्घटनाको घटना टिपोटका बुँदा पढ्नुहोस् र पत्रिकामा छाप्नका लागि तयार गरिने रिपोट तयार गर्नुहोस्।
२३र्‍याप गीतमा कस्तो भाव पाइन्छ?
२४र्‍याप गीतको सुरुआत कसरी भएको थियो?
२५अहिलेका र्‍याप गीतमा कस्ता विषयवस्तु पाइन्छन्?
२६र्‍याप गीतबाट युवालाई के कुरामा उत्प्रेरित गर्न सकिन्छ?
२७र्‍याप गीतसम्बन्धी अनुच्छेदबाट कुनै चारओटा करण क्रियापद टिपोट गरी तिनलाई अकरणमा बदल्नुहोस्।
२८र्‍याप गीतसम्बन्धी अनुच्छेदको अन्तिम वाक्यलाई अकरणमा बदल्नुहोस्।
२९र्‍याप गीतसम्बन्धी अनुच्छेदबाट 'व' लेखेर 'ब' उच्चारण हुने कुनै चारओटा शब्द टिपोट गर्नुहोस्।
३०मानौँ तपाईँ एक शिक्षाविद् हुनुहुन्छ। विद्यालयले गरेको अभिभावक भेलामा विद्यालयमा गएर आफ्ना बालबालिकाको पढाइबारे बुझ्न अभिभावकलाई आह्वान गर्दै भाषण तयार पार्नुहोस्।
३१सुनाइ पाठ सुन्नुहोस् र 'आचार्य चाणक्यको नीतिलाई विदुर नीति भनिन्छ।' भन्ने वाक्य ठिक वा बेठिक के हो, भन्नुहोस्।
३२आचार्य चाणक्य कसका गुरु थिए?
३३दिइएको अनुच्छेद पढी करण र अकरण क्रियापद छुट्याएर लेख्नुहोस्: 'गौरवले गहुँको रोटी खान्छन् भने मैदाको रोटी खाँदैनन्...'
३४'व्यावसायिक चिठी' पाठमा प्रयोग भएका सबै क्रियापद टिप्नुहोस् र तिनलाई अकरणमा बदल्नुहोस्।
३५नखेल्नु, नरुचाउनु, नरमाउनु, नजित्नु, नपाउनु क्रियालाई करणमा परिवर्तन गर्नुहोस् र ती करण क्रियाको प्रयोग गरी आफूलाई मन पर्ने खेलकुदका बारेमा एक अनुच्छेद लेख्नुहोस्।
३६कोष्ठकमा दिइएका सङ्केतका आधारमा वाक्य परिवर्तन गर्नुहोस्: (क) मलाई कोदोको रोटी मिठो लाग्दैन। (करण) (ख) उनीहरू क्रिकेट खेल्छन्। (अकरण) (ग) प्रज्ञान कहिल्यै कक्षामा प्रश्न सोध्दैन। (करण) (घ) ऊ छुट्टीमा ऐतिहासिक सिन्धुलीगढी घुम्न जाला। (अकरण) (ङ) परिश्रम गरे सफल भइन्छ। (अकरण) (च) जनताले जनप्रतिनिधिसमक्ष आफ्ना माग प्रस्तुत गरेनछन्। (करण)
३७'वडा अध्यक्ष विजय वर्मा बरबोट गाउँका बडो विचित्रका व्यक्ति हुन्...' भन्ने अनुच्छेदबाट 'ब' र 'व' प्रयोग भएका शब्द छुट्याएर लेख्नुहोस्।
३८पाठबाट 'ब' र 'व' प्रयोग भएका तीन तीनओटा शब्द टिपेर कक्षामा सुनाउनुहोस्।
३९'ब' र 'व' प्रयोगसम्बन्धी अशुद्धि सच्याएर पुनर्लेखन गर्नुहोस्: 'वालक बेद पढ्न बेदविद्याश्रम वनकालीमा भर्ना भएछन्। उनी २० बर्षको उमेरमा बिए वा सोसरहको शास्त्री पढेपछि बेदाचार्य गर्न बाल्मीकि विद्यापीठमा भर्ना भएछन्। त्यसपछि वनारस हिन्दु बिस्वबिद्यालयमा बिद्याबारिधि पढ्न वनारसतिर गएछन्।'
४०गाउँघरको हालखबर उल्लेख गर्दै सहरमा पढ्न बसेको भाइलाई पठाउने चिठीको नमुना तयार पार्नुहोस्।
४१तपाईँ सहभागी भएको कुनै सांस्कृतिक कार्यक्रमको घटना टिपोट गरी रिपोर्टिङको शैलीमा कक्षामा प्रस्तुत गर्नुहोस्।
४२व्यक्तिगत चिठी र व्यावसायिक चिठीबिच के भिन्नता छ?
४३समाचार लेख्दा उल्टो पिरामिड शैली किन प्रयोग गरिन्छ?
४४इमेलमा सिसी र बिसिसीबिच के भिन्नता छ? उदाहरणसहित लेख्नुहोस्।