१संयुक्त राष्ट्रसङ्घको स्थापना कहिले भएको थियो, मिति उल्लेख गर्नुहोस्।
२नेपालले संयुक्त राष्ट्रसङ्घको सदस्यता कहिले प्राप्त गरेको थियो ?
३संयुक्त राष्ट्रसङ्घले कतिओटा भाषालाई कामकाजको भाषाका रूपमा प्रयोग गर्ने गरेको छ ? ती कुन कुन हुन् ? उल्लेख गर्नुहोस्।
४संयुक्त राष्ट्रसङ्घका अङ्गहरू कतिओटा छन्। ती कुन कुन हुन् सूची तयार पार्नुहोस्।
५संयुक्त राष्ट्रसङ्घ र नेपालको सम्बन्धका बारेमा एक लेख तयार पार्नुहोस्।
६नयाँ राष्ट्रले संयुक्त राष्ट्रसङ्घको सदस्यता कसरी प्राप्त गर्छ ? क्रमैसँग लेख्नुहोस्।
७संयुक्त राष्ट्रसङ्घमा रहने दुई प्रकारका सदस्यता कुन कुन हुन् ? छोटकरीमा लेख्नुहोस्।
८नेपालमा कार्यरत संयुक्त राष्ट्रसङ्घका निकायहरूको नाम लेख्नुहोस्।
९संयुक्त राष्ट्रसङ्घका उद्देश्यमध्ये मानव अधिकारसँग जोडिएको उद्देश्य कुन हो ? लेख्नुहोस्।