एकाइ ४९ · नेपालको जनसङ्ख्याको वितरण र जनघनत्व

नेपालको जनसङ्ख्याको वितरण र जनघनत्व

सामाजिक अध्ययनविषय
८ minअनुमानित समय
१जनसङ्ख्या वितरण भनेको के हो ?
२भौगोलिक क्षेत्रअनुसार सबैभन्दा धेरै जनसङ्ख्या कहाँ रहेको छ ? यस्तो किन भएको होला, उल्लेख गर्नुहोस् ।
३जनघनत्व भनेको के हो ? जनघनत्व बढ्दै जाँदा कस्तो प्रभाव पर्दछ आफ्नो विचार प्रस्तुत गर्नुहोस् ।
४गण्डकी प्रदेशमा जनसङ्ख्या प्रतिशत घट्नु र लुम्बिनी प्रदेशमा जनसङ्ख्या बढ्नुका कारण के हुन सक्छन्, उल्लेख गर्नुहोस् ।
५सहरी क्षेत्र र ग्रामीण क्षेत्र छुट्याउने आधार नेपालमा के हो ?
६कर्णाली प्रदेशको क्षेत्रफल सबैभन्दा ठुलो भए पनि जनसङ्ख्या कम छ। यसबाट के बुझिन्छ ?
७वि.सं. २०५८ देखि २०७८ सम्म सहरी जनसङ्ख्याको प्रतिशतमा कस्तो परिवर्तन आयो ?
८कुनै नगरपालिकाको जनसङ्ख्या ९०,००० र क्षेत्रफल ४५० वर्ग कि.मि. छ भने त्यहाँको जनघनत्व कति हुन्छ ?
९चार जनगणनाको तथ्याङ्कले हिमाली क्षेत्रबारे के देखाउँछ ?