१जनसङ्ख्याको बनोट भनेको के हो ?
२नेपालको जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार लैङ्गिक बनोट कस्तो रहेको छ ?
३नेपालको जनसङ्ख्याको साक्षरताको बनोटको व्याख्या गर्नुहोस् ।
४जनसङ्ख्याको बनोटले सामाजिक र आर्थिक जनजीवनमा पार्ने प्रभाव उल्लेख गर्नुहोस् ।
५जनगणना २०६८ र जनगणना २०७८ को लैङ्गिक बनोट तुलना गरी दुई निष्कर्ष लेख्नुहोस् ।
६सक्रिय जनसङ्ख्या र आश्रित जनसङ्ख्या भनेको के हो ? छुट्याएर लेख्नुहोस् ।
७सहरी र ग्रामीण क्षेत्रको साक्षरतामा देखिएको अन्तरले राज्यलाई के गर्न सङ्केत गर्छ ?
८जनसङ्ख्याको बनोट नबुझी बनाइएको कार्यक्रम किन प्रभावकारी हुँदैन ? उदाहरणसहित लेख्नुहोस् ।