१आफ्नो कापीमा सार्कको प्रतीक चिह्न बनाउनुहोस् र यसको व्याख्या लेख्नुहोस्।
२सार्कलाई किन क्षेत्रीय सङ्गठन भनिएको हो?
३सार्कको स्थापनाका उद्देश्य के के थिए, सूची बनाउनुहोस्।
४आफ्नो कापीमा तालिका बनाई सार्कसम्बन्धी विभिन्न जानकारी दिनुहोस्। (देशको नाम, राजधानी, क्षेत्रफल, आर्थिक क्रियाकलाप, धर्म, भाषा, नेपालसँग सम्बन्ध स्थापना भएको मिति)
५सार्कको स्थापना कहिले, कहाँ र कुन कुन राष्ट्रले गरेका थिए?
६बङ्गलादेशको चारै दिशामा के के पर्छन्?
७पाकिस्तानका छ भौगोलिक क्षेत्रका नाम लेख्नुहोस् र त्यहाँ रहेका दुई उच्च शिखरको नाम दिनुहोस्।
८भुटानलाई सार्कका अन्य राष्ट्रभन्दा फरक बनाउने कुरा के के हुन्?
९श्रीलङ्का र माल्दिभ्स दुवै समुद्रमा रहेका देश हुन्। यी दुईबिच के के फरक छ?
१०अफगानिस्तानमा बसोबास गर्ने जाति र त्यहाँ बोलिने भाषाको सूची बनाउनुहोस्।
११नेपालले सार्कका छिमेकी राष्ट्रमा के के निर्यात गर्छ? तीन देशको उदाहरण दिनुहोस्।