१नेपाल भारतका बिच प्राचीन कालदेखि कुन कुन क्षेत्रमा सम्बन्ध रहँदै आएको छ, उल्लेख गर्नुहोस्।
२नेपालले भारतको राजनीति र सुरक्षामा कसरी सहयोग पुर्याएको छ ?
३नेपाल र भारतको सम्बन्ध द्विपक्षीय छ। उदाहरण दिएर पुष्टि गर्नुहोस्।
४नेपालले चीनलाई कुन कुन क्षेत्रमा सहयोग पुर्याएको थियो, उदाहरण दिनुहोस्।
५वैवाहिक सम्बन्ध र कलाकारको आदानप्रदानले दुई देशको सम्बन्ध कसरी सुधार गर्छ, भृकुटीको विवाह र अरनिकोको चीन यात्राको प्रसङ्ग दिएर पुष्टि गर्नुहोस्।
६नेपाल भूपरिवेष्टित देश हो भन्नुको अर्थ के हो ?
७चीनको सिमाना कुन कुन मुलुकसँग जोडिएको छ र यसको राजधानी कहाँ छ ?
८चिनियाँ सहयोगमा नेपालमा स्थापना तथा निर्माण भएका उद्योग र सेवाको सूची बनाउनुहोस्।
९नेपालका कुन कुन विकास निर्माणका कार्यमा भारतले सहयोग पुर्याएको छ ?
१०नेपाल र चीनका बिचमा दौत्य सम्बन्ध कहिले कायम भयो र त्यसपछि के कस्ता काम भए ?