१नक्सा भनेको के हो ?
२नक्सा कति प्रकारका हुन्छन् ?
३नक्सा बनाउन के के कुराको आवश्यकता पर्छ ?
४परम्परागत चिह्न भन्नाले के बुझिन्छ ?
५स्वतन्त्र नक्साङ्कन विधिबाट नेपालको नक्सा बनाई त्यसमा उचित सङ्केतको प्रयोग गरी तलका तथ्य भर्नुहोस्: गण्डकी नदी, घोडाघोडी ताल, ढोरपाटन सिकार आरक्षण, जानकी मन्दिर, कफी उत्पादन हुने क्षेत्र, विराटनगर, जुगल हिमाल, लुम्बिनी, महेन्द्र राजमार्ग, रोल्पा, कन्काई नदी, माइपोखरी, खप्तड राष्ट्रिय निकुञ्ज, चन्दननाथ मन्दिर, कपास उत्पादन हुने क्षेत्र, नेपालगन्ज, धौलागिरी हिमाल, गढीमाई, कर्णाली राजमार्ग, जिरी
६भौतिक नक्सा र राजनीतिक नक्साबीचको भिन्नता उदाहरणसहित लेख्नुहोस्।
७नक्सामा रङको प्रयोग किन तोकिएको हुन्छ ? कुन रङले के जनाउँछ, लेख्नुहोस्।
८नेपालको नक्सा बनाउँदा जालीदार रेखाचित्र किन बनाइन्छ ?
९नक्सा बनाउने पाँच चरण क्रमैसँग लेख्नुहोस्।