एकाइ ४१ · मौसम र हावापानी

मौसम र हावापानी

सामाजिक अध्ययनविषय
८ minअनुमानित समय
१मौसम भनेको के हो ?
२कुनै पनि स्थानको हावापानीमा के कस्ता तत्त्वले प्रभाव पार्छन्, सूची तयार गर्नुहोस् ।
३कुनै स्थानको मौसम दिनभरि एकै प्रकारको किन नभएको होला, कारण दिएर लेख्नुहोस् ।
४आफ्नो कापीमा तालिका बनाई मौसम र हावापानीबिचका भिन्नता लेख्नुहोस् ।
५उचाइले कुनै पनि स्थानको तापक्रममा कसरी प्रभाव पार्छ, चित्र बनाई चर्चा गर्नुहोस् ।
६तराई र पहाडको तापक्रम किन एकै प्रकारको नभएको होला ?
७नेपालको हावापानीमा प्रभाव पार्ने तत्त्वको सूची बनाउनुहोस् ।
८हावापानीलाई अर्को कुन नामले चिनिन्छ र त्यो मौसमभन्दा कसरी फरक छ ?
९भूमध्यरेखीय क्षेत्रमा वर्षैभरि गर्मी हुनुको कारण लेख्नुहोस् ।
१०समुद्रको नजिकका स्थानको हावापानी सुरम्य र टाढाका स्थानको हावापानी चरम किन हुन्छ ?
११सामुद्रिक धार भनेको के हो र यसले हावापानीमा कस्तो असर पार्छ ?
१२माटोको प्रकारले कुनै स्थानको हावापानीमा कसरी फरक पार्छ ?