१पर्यटन उद्योग भनेको के हो ?
२नेपालमा पर्यटन उद्योगको वर्तमान अवस्था उल्लेख गर्नुहोस् ।
३नेपालमा पर्यटन उद्योगको महत्त्व सूचीबद्ध गर्नुहोस् ।
४नेपालमा पर्यटन क्षेत्रका के कस्ता समस्या रहेका छन् ? ती समस्या समाधानका उपाय उल्लेख गर्नुहोस् ।
५'पर्यटन व्यवसाय रोजगार प्रवर्धनको प्रमुख आधार' यस भनाइलाई पुष्टि गर्नुहोस् ।
६नेपालमा पर्यटन उद्योगका के कस्ता सम्भावना छन्, उल्लेख गर्नुहोस् ।
७तपाईंको समुदायमा कस्ता पर्यटन उद्योगहरू रहेका छन् ? तिनीहरूमध्ये कुनै एकको छोटकरीमा उल्लेख गर्नुहोस् ।
८तपाईंको गाउँपालिका वा नगरपालिकाले पर्यटन क्षेत्रको विकासका लागि के के कार्यहरू गर्दै आएका छन् ? सोधखोज गरी लेख्नुहोस् ।
९नेपालमा पर्यटन क्षेत्रको विकासका लागि नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ? समूहमा छलफल गरी कक्षामा प्रस्तुत गर्नुहोस् ।
१०नेपालको नक्सा निर्माण गरी उक्त नक्सामा प्रत्येक प्रदेशमा रहेका कम्तीमा दुई दुई ओटा पर्यटकीय स्थलहरू भर्नुहोस् ।
११पर्यटक कति प्रकारका हुन्छन् ? दुवै प्रकारको फरक छोटकरीमा लेख्नुहोस् ।
१२पर्यटकको बसाइ अवधि र खर्च बढ्दा देशलाई किन फाइदा हुन्छ ?
१३पर्यटन उद्योगले नेपाली कला र संस्कृतिको संरक्षणमा कसरी सहयोग गर्छ ?