१वित्तीय संस्था भन्नाले के बुझिन्छ ?
२वित्तीय संस्थाबाट हामीले लिन सक्ने सेवाहरू उल्लेख गर्नुहोस्।
३साहु महाजनबाट भन्दा वित्तीय संस्थाबाट ऋण लिनु उपयुक्त हुन्छ, किन ?
४नेपालमा रहेका वित्तीय संस्थाहरूको नाम लेख्नुहोस्।
५वित्तीय संस्थाबाट लिएको ऋण उत्पादनमूलक क्षेत्रमा खर्च गर्नुपर्छ भनिन्छ। किन होला ? दुई कारण लेख्नुहोस्।
६विप्रेषण (रेमिट्यान्स) भनेको के हो र यो वित्तीय संस्थाबाट नै पठाउनुपर्छ भनिन्छ, किन ?
७वित्तीय संस्थाले उपलब्ध गराउने लकर सुविधा र जमानी सेवाबिच के फरक छ ?