एकाइ २८ · प्राचीन नेपाल: आर्थिक र सामाजिक अवस्था

प्राचीन नेपाल: आर्थिक र सामाजिक अवस्था

सामाजिक अध्ययनविषय
८ minअनुमानित समय
१गोपाल र महिषपालको अर्थ लेख्नुहोस्।
२गोपाल, महिषपाल तथा किराँत वंशका प्रथम र अन्तिम राजाको नाम लेख्नुहोस्।
३गोपाल र महिषपाल वंशको शासनकालमा नेपालमा हिन्दु धर्मको प्रभाव थियो भन्ने भनाइलाई उदाहरण दिएर पुष्टि गर्नुहोस्।
४किराँतकालीन सामाजिक अवस्था र अहिलेको सामाजिक अवस्थामा कस्ता समानता र भिन्नता रहेका छन्, तुलना गर्नुहोस्।
५किराँतकालको आर्थिक अवस्था राम्रो थियो भन्ने कुरा कुन कुन आधारमा भन्न सकिन्छ?
६महिषपालकालीन परिवारभित्र कामको बाँडफाँड कसरी हुन्थ्यो?
७किराँतकालमा नेपालबाट पाटलीपुत्रको बजारसम्म पुग्ने वस्तुहरू कुन कुन थिए? पाटलीपुत्र भनेको हालको कुन सहर हो?
८जितेदास्ती र स्थुङ्कोको पालामा घटेका महत्त्वपूर्ण घटना लेख्नुहोस्।
९गोपाल र किराँतकालको आर्थिक अवस्थाबिच के फरक थियो?