१सीता र रमितामध्ये तपाईंलाई कसको बानी व्यवहार मन पर्यो, किन?
२फजुल खर्च गर्ने तपाईंका साथीलाई के सल्लाह दिनुहुन्छ?
३दाइजो लिनु दिनु राम्रो कार्य होइन, किन?
४पछिल्लो समयमा देखासिकीका कारण चाडपर्व बढी तडक भडक र भड्किला देखिन्छन्? यस्तो अवस्थालाई नियन्त्रणका लागि के गर्नुपर्ला? आफ्नो विचार लेख्नुहोस्।
५दाइजो विरुद्ध सचेतना जगाउने पोस्टर तयार पार्नुहोस्।
६फजुल खर्च नियन्त्रण गर्ने उपाय समेटिएका नारा तयार पारी कक्षामा सुनाउनुहोस्।
७सामाजिक विकृति र सामाजिक समस्या बिचको फरक छुट्याउनुहोस्।
८रमिताको परिवार आर्थिक सङ्कटमा पर्दै गएको क्रम मिलाएर लेख्नुहोस्।
९डाँडागाउँको विवाहबाट समाजले कस्तो पाठ सिक्यो?
१०दाइजो प्रथाले छोरीको जीवनमा पार्ने असर तीन बुँदामा लेख्नुहोस्।