१सूचनाको हकसम्बन्धी ऐन, २०६४ अध्ययन गरी उक्त ऐनमा भएका प्रमुख प्रावधान कक्षामा प्रस्तुत गर्नुहोस्।
२सूचनाको हक भनेको के हो?
३नेपालको संविधानको मौलिक हकमा सूचनाको हकसम्बन्धी कस्तो व्यवस्था गरिएको छ?
४सूचनाको हकको महत्त्व उल्लेख गर्नुहोस्।
५कस्ता खालका सूचना सार्वजनिक गर्न जरुरी छैन? आफ्नो विचार प्रस्तुत गर्नुहोस्।
६सुशासन भनेको के हो?
७सेवा प्रवाह भन्नाले के बुझिन्छ?
८देशमा सुशासनको आवश्यकता किन पर्छ?
९सेवा प्रवाह गर्दा कुन कुन कुरामा ध्यान दिनुपर्छ, उल्लेख गर्नुहोस्।
१०"सुशासन र सेवा प्रवाहमा राष्ट्र सेवक कर्मचारीको भूमिका महत्त्वपूर्ण हुन्छ" पुष्टि गर्नुहोस्।
११नागरिक वडापत्रमा कुन कुन कुरा स्पष्ट उल्लेख गर्नुपर्छ र त्यसले नागरिकलाई के फाइदा पुऱ्याउँछ?
१२सूचना अधिकारीले माग गरिएको सूचना कति समयभित्र उपलब्ध गराउनुपर्छ?
१३सूचना माग गर्दा कार्यालयले सूचना दिन आनाकानी गरेमा के गर्न सकिन्छ?