१संविधानको परिचय लेख्नुहोस्।
२'संविधान देशको मूल कानुन हो।' भन्ने भनाइलाई पुष्टि गर्नुहोस्।
३नेपालको संविधान कसरी कसरी निर्माण भएका थिए?
४'संविधान सभाबाट निर्माण गरिएको संविधानमा जनताको अपनत्व रहन्छ।' प्रस्ट पार्नुहोस्।
५संविधानको पालना गर्नु हाम्रो कर्तव्य हो, किन? आफ्ना विचारहरू राख्नुहोस्।
६संविधानसँग बाझिएको कानुनको के हुन्छ?
७नेपालको संविधान संशोधन गर्ने प्रक्रिया लेख्नुहोस्।
८बेलायतको संविधान अन्य देशको भन्दा कसरी फरक छ?
९सङ्घात्मक र एकात्मक शासन व्यवस्था भएका देशका संविधानबिचको फरक उदाहरणसहित लेख्नुहोस्।
१०संविधान निर्माण गर्दा जनभावना र जनसहभागितालाई किन ध्यान दिनुपर्छ?