एकाइ १७ · सङ्घीय सरकार

सङ्घीय सरकार

सामाजिक अध्ययनविषय
८ minअनुमानित समय
१सङ्घीय सरकार कसको नेतृत्वमा गठन हुन्छ ?
२नेपालमा कति तहका सरकार छन् ? तिनीहरू कुन कुन हुन् ?
३नेपालको कार्यकारिणी अधिकार कसमा निहित हुन्छ ?
४सङ्घीय सरकारको गठनका आधारहरू उल्लेख गर्नुहोस् ।
५सङ्घीय सरकारका कार्यहरू जनमुखी हुनुपर्छ, आफ्ना तर्कहरू प्रस्तुत गर्नुहोस् ।
६सङ्घीय सरकारलाई कुन कुन नामले चिनिन्छ ?
७सरकार गठन भएपछि विश्वासको मत किन लिनुपर्छ ?
८मन्त्रिपरिषद्ले आफ्ना कामहरू कसरी व्यवस्थित गर्छ ?
९नेपालको संविधानको कुन भागमा सङ्घीय सरकारसम्बन्धी व्यवस्था छ र त्यसमा के भनिएको छ ?