एकाइ १६ · सङ्घीय संसद्

सङ्घीय संसद्

सामाजिक अध्ययनविषय
८ minअनुमानित समय
१नेपालको सङ्घीय संसद्को गठन प्रक्रिया उल्लेख गर्नुहोस्।
२राष्ट्रिय सभा र प्रतिनिधि सभाको समानता र असमानताबिच तुलना गर्नुहोस्।
३सङ्घीय संसद्ले गर्ने कार्यहरूको सूची तयार गर्नुहोस्।
४सङ्घीय संसद्बाट कानुन बन्ने प्रक्रिया समावेश गरी संवाद तयार गर्नुहोस्।
५प्रतिनिधिसभाको सभामुख र उपसभामुख तथा राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्ष छनोट गर्दा किन फरक लिङ्गको हुनुपर्ने व्यवस्था गरिएको होला ? आफ्ना विचार प्रस्तुत गर्नुहोस्।
६सङ्घीय संसद् भनेको के हो ? यसलाई अर्को कुन नामले चिनिन्छ ?
७राष्ट्रिय सभालाई स्थायी सदन किन भनिन्छ ?
८सङ्घीय संसद्को सदस्य हुनका लागि कुन कुन योग्यता आवश्यक पर्छ ?
९अर्थ विधेयक अन्य विधेयकभन्दा कसरी फरक छ ?
१०समानुपातिक निर्वाचन प्रणाली र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबिचको मुख्य भिन्नता के हो ?