१न्यायपालिका भनेको के हो ?
२नेपालमा कति तहका अदालत छन् ? प्रत्येकको परिचय दिनुहोस् ।
३न्यायपालिकाले गर्ने प्रमुख कार्यहरूको सूची तयार गर्नुहोस् ।
४न्यायपालिकालाई स्वतन्त्र र निष्पक्ष राख्न के के गर्नुपर्ला, सुझाव दिनुहोस् ।
५कक्षाका विद्यार्थीको चारओटा समूह निर्माण गर्नुहोस् र सर्वोच्च अदालत, उच्च अदालत, जिल्ला अदालत तथा न्यायपालिकाका कार्यहरूमा समूह कार्य गरी कक्षाकोठामा प्रस्तुत गर्नुहोस् ।
६न्यायपालिका स्वतन्त्र र निष्पक्ष हुनुपर्छ भन्ने विषयमा दुई साथीबिचको संवादको नमुना तयार पार्नुहोस् ।
७सर्वोच्च अदालतलाई अभिलेख अदालत किन भनिन्छ ?
८प्रधान न्यायाधीश र सर्वोच्च अदालतका अन्य न्यायाधीशको नियुक्ति प्रक्रियामा के फरक छ ?
९पुनरावेदन भनेको के हो ? कुन अदालतले कसको पुनरावेदन सुन्छ ?
१०उच्च अदालत र जिल्ला अदालतका न्यायाधीश पदका लागि तोकिएको अनुभवसम्बन्धी योग्यता लेख्नुहोस् ।
११बन्दी प्रत्यक्षीकरण र परमादेश आदेशबिच के फरक छ ?