१स्काउटको सङ्क्षिप्त परिचयसहित मुख्य मुख्य कार्यहरूका सूची तयार पारी कक्षामा प्रस्तुत गर्नुहोस्।
२स्काउट विनम्र हुन्छ किन भनिएको होला? आफ्ना तर्क प्रस्तुत गर्नुहोस्।
३स्काउटको नियममा तपाईंले कुनै नियम थप गर्ने अवसर पाएमा कुन कुन नियम थप्नुहुन्छ र किन?
४माथि दिइएका नियम तपाईंले पालना गर्दा हुने फाइदा छलफल गरी लेख्नुहोस्।
५स्काउटका संस्थापक को हुन्?
६नेपाल स्काउटको स्थापना कहिले भएको हो?
७तपाईंको विद्यालयमा स्काउट छ कि छैन? छ भने कुन कुन क्रियाकलाप सञ्चालित छन्, उल्लेख गर्नुहोस्।
८स्काउटले चरित्र निर्माणमा कसरी सहयोग गर्छ? उदाहरणसहित प्रस्ट पार्नुहोस्।
९नेपाल स्काउटका उद्देश्यमध्ये दैवी प्रकोपसँग सम्बन्धित उद्देश्य लेखी त्यसको महत्त्व बताउनुहोस्।
१०सेवा गर्दा आफूलाई पनि खुसी मिल्छ भन्ने कुरा नर्मदाको अनुभवबाट कसरी प्रस्ट हुन्छ?
११स्काउट मितव्ययी हुन्छ भन्नुको अर्थ विद्यार्थीको दैनिक जीवनको उदाहरणसहित लेख्नुहोस्।