१सामाजिक सद्भाव कायम गर्ने कुनै पाँच उपाय लेख्नुहोस्।
२सामाजिक एकता कायम गर्दा हुने फाइदाहरू लेख्नुहोस्।
३नेपालका धार्मिक सहिष्णुताका उदाहरणहरू दिनुहोस्।
४'धार्मिक सहिष्णुताले नेपाली समाज एकताबद्ध भएको छ।' यस भनाइलाई उदाहरणसहित पुष्टि गर्नुहोस्।
५सहिष्णुता र सामाजिक सद्भावबिच के फरक छ? छोटकरीमा लेख्नुहोस्।
६भाषाका सम्बन्धमा नेपालको संविधानले के व्यवस्था गरेको छ?
७भौगोलिक विविधताले नेपाललाई कसरी समृद्ध बनाएको छ? तीन उदाहरण दिनुहोस्।
८विद्यालयमा सामाजिक सद्भाव बिग्रन सक्ने कुनै दुई व्यवहार लेख्नुहोस् र ती कसरी सुधार्न सकिन्छ भन्नुहोस्।
९'विविधतामा रमाउनु' भनेको के हो? उदाहरणसहित बुझाउनुहोस्।