१नेपालमा प्रचलित धर्महरूको सूची बनाउनुहोस्।
२बौद्ध र हिन्दु धर्ममा गरिने सांस्कृतिक र धार्मिक क्रियाकलापबिच तुलना गर्नुहोस्।
३किराँत धर्मावलम्बीको धार्मिक र सांस्कृतिक क्रियाकलाप सम्बन्धमा एक अनुच्छेद लेख्नुहोस्।
४तपाईंको समुदायमा प्रचलित धार्मिक क्रियाकलापले आपसी सद्भाव र भाइचार बढाउन कसरी मदत पुऱ्याएको छ, लेख्नुहोस्।
५नेपालमा प्रचलित कुनै पाँच धर्मसँग सम्बन्धित रहेर धर्म, मुख्य चाडपर्व, धार्मिक ग्रन्थ र मुख्य धार्मिक स्थलहरू भएको तालिका पूरा गर्नुहोस्।
६आफ्नो कक्षामा कुन कुन धर्म मान्ने कति कति जना विद्यार्थी छन् भन्ने पत्ता लगाई त्यो तथ्याङ्क वृत चित्रमा कसरी प्रस्तुत गर्ने?
७विद्यालय नजिकको धार्मिक स्थलको भ्रमण गरी प्रतिवेदन तयार गर्दा कुन कुन शीर्षक राख्नुपर्छ?
८नेपाललाई बहुधार्मिक देश किन भनिन्छ?
९धार्मिक क्रियाकलाप र सांस्कृतिक क्रियाकलापबिच के फरक छ? उदाहरणसहित लेख्नुहोस्।
१०नेपाललाई सिङ्गो शरीरसँग तुलना गरिएको कुराले के अर्थ दिन्छ?
११धार्मिक स्थलको भ्रमणमा जाँदा विद्यार्थीले कस्तो व्यवहार गर्नुपर्छ?