१हेनरी ड्युनाको जन्म र मृत्यु कहाँ र कहिले भएको थियो ?
२हेनरी ड्युनाको कामबाट हामीले के के सिक्न सक्छौँ, सूची बनाउनुहोस् ।
३मदर टेरेसा महान समाजसेवी हुन् भन्ने कुरालाई प्रस्ट पार्नुहोस् ।
४तपाईँका स्थानीयस्तरमा सामाजिक सङ्घसंस्था हुन सक्छन् । ती संस्थामा आबद्ध भई कसरी समाज सेवा गर्न सक्नुहुन्छ, किन ?
५रेडक्रसको स्थापना कसरी भयो, क्रम मिलाएर लेख्नुहोस् ।
६रेडक्रसले कस्ता कस्ता सेवा गर्छ र नेपालमा यो संस्था कहिले स्थापना भयो ?
७मदर टेरेसाको मृत्युपछि मिसिनरी अफ च्यारिटीको काम कसले अगाडि बढायो ?
८हेनरी ड्युना र मदर टेरेसाका बिचमा के के समानता छन् ?