१यदि तपाईं माथिको चिठी प्राप्त गर्ने व्यक्ति हुनु भएको भए आर्यनको जिज्ञासालाई पूरा गर्न आफ्नो प्रदेशको जानकारी पत्रमा कसरी उल्लेख गर्नुहुन्थ्यो? पत्र तयार गरी कक्षामा प्रस्तुत गर्नुहोस्।
२माथिको प्रस्तुतिमा कुन कुन आयोजना वा कार्यक्रमको उल्लेख गरिएको छ?
३कोशी प्रदेशमा सञ्चालित विकास आयोजनाको महत्त्व उल्लेख गर्नुहोस्।
४सुदूरपश्चिम प्रदेशमा सञ्चालित कार्यक्रमले पार्ने प्रभावको सूची तयार पार्नुहोस्।
५तपाईंको प्रदेशमा सञ्चालन भएका मुख्य मुख्य विकास कार्यक्रम वा आयोजनाको खोजी गरी त्यसको महत्त्व र त्यसले पार्ने प्रभाव पहिचान गर्नुहोस्।
६तपाईंको प्रदेशमा शिक्षासँग सम्बन्धित के के आयोजना वा कार्यक्रम सञ्चालित छन्, तिनको खोजी गरी तिनको प्रभाव उल्लेख गर्नुहोस्।
७तपाईंको प्रदेशमा भएको सांस्कृतिक विविधतालाई कक्षामा छलफल गरी दिइएको तालिकालाई आधार मानी तालिका बनाई प्रस्तुत गर्नुहोस्।
८तपाईंको प्रदेशको भौगोलिक अवस्थिति सम्बन्धमा एक अनुच्छेद तयार गर्नुहोस्।
९तपाईंको प्रदेशको प्रशासनिक संरचना कस्तो छ, लेख्नुहोस्।
१०तपाईंको प्रदेशका मुख्य आर्थिक गतिविधिहरू के के हुन्, लेख्नुहोस्।
११'सामाजिक सांस्कृतिक विविधतामा एकता, मेरो प्रदेशको विशेषता' शीर्षकमा वक्तृता तयार पार्नुहोस्।
१२बाग्मती प्रदेशका प्रमुख हिमचुचुरा, नदी र तालतलैयाका नाम लेख्नुहोस्।
१३बाग्मती प्रदेशको क्षेत्रफलको हिस्साभन्दा जनसङ्ख्याको हिस्सा बढी हुनुले के जनाउँछ?
१४तमोर करिडोर सडक कुन कुन स्थान हुँदै जान्छ र यो कति लामो छ?