एकाइ ५३ · जनसाङ्ख्यिक अवस्था र गुणस्तरीय जीवन

जनसाङ्ख्यिक अवस्था र गुणस्तरीय जीवन

सामाजिक अध्ययनविषय
१३ minअनुमानित समय

यस पाठका शब्द जीवनस्तर, परिवार र सेवासुविधासँग जोडिएका छन्। यीमध्ये कतिपय शब्द दैनिक बोलीचालीमा सुनिन्छन् तर परीक्षामा ठिक अर्थमै लेख्नुपर्छ।

शब्दअर्थ
गुणस्तरीय जीवनआवश्यक सेवा र सुविधा गुणस्तरीय रूपमा प्राप्त भई बाँच्न पाइने अवस्था
गुणस्तरकुनै वस्तु वा सेवाको तोकिएको स्तर
जीवनशैलीमानिसले जीवन बिताउने तरिका र बानी
परिमाणकति छ भन्ने मात्रा
गुणकस्तो छ भन्ने विशेषता
पोसिलोशरीरलाई आवश्यक पोषण दिने
सन्तुलित भोजनशरीरलाई चाहिने सबै किसिमका तत्त्व मिलेको खाना
प्रचुरताप्रशस्त मात्रामा हुने अवस्था
स्वास्थ्यकर आवासस्वास्थ्यका दृष्टिले उपयुक्त बासस्थान
सुलभसजिलै र सस्तोमा पाइने
सर्वसुलभतासबैले सजिलै पाउन सक्ने अवस्था
पहुँचकुनै सेवा वा सुविधासम्म पुग्न सक्ने अवस्था
भरपर्दोविश्वास गर्न सकिने र नियमित
आयआर्जनआम्दानी गर्ने काम
जीवनयोपयोगी शिक्षादैनिक जीवनमा काम लाग्ने शिक्षा
सिपमूलक तालिमकुनै काम गर्ने सिप सिकाउने तालिम
पालनपोषणहुर्काउने र आवश्यकता पूरा गर्ने काम
तन्दुरुस्तस्वस्थ र फुर्तिलो
जीवनयापनजीवन बिताउने काम
सन्तुष्टिचित्त बुझेको र सन्तोष भएको अवस्था
परिवारको आकारपरिवारमा रहेका सदस्यको सङ्ख्या
घनिष्ठनिकै नजिकको र गहिरो
तीव्र वृद्धिछिटो गतिमा बढ्ने अवस्था
अभावनपुग हुने वा नहुने अवस्था
वञ्चितपाउनुपर्ने कुराबाट टाढा रहेको
हिंसारहितकुनै किसिमको हिंसा नभएको
घरायसी वातावरणघरभित्रको वातावरण र सम्बन्ध
सामाजिक सहभागितासमाजका काम र निर्णयमा भाग लिने अवस्था
वृक्षचित्ररुखको हाँगाजस्तै फैलाएर देखाइने चित्र