यस पाठका मुख्य शब्द तल दिइएका छन्। पढ्दै जाँदा हरेक शब्द उठाउने पक्षको हो कि घिस्ने पक्षको हो, त्यो छुट्याउँदै जानुहोस्।
| शब्द | अर्थ |
|---|---|
| आन्तरिक तत्त्व | पृथ्वीको भित्री भागमा सक्रिय रहेको तत्त्व, जस्तै भूकम्प र ज्वालामुखी |
| बाह्य तत्त्व | पृथ्वीको बाहिरी भागमा सक्रिय रहेर सतहमा परिवर्तन ल्याउने तत्त्व |
| भूकम्प | भित्री भागमा उत्पन्न कम्पनका तरङ्ग सतहमा आइपुगेर जमिन हल्लिने अवस्था |
| तरङ्ग | एक ठाउँबाट अर्को ठाउँसम्म फैलिँदै जाने कम्पन |
| ज्वालामुखी | तातो म्याग्माले कमजोर सतह फुटाएर जोडले बाहिर निस्कने क्रिया |
| म्याग्मा | पृथ्वीको भित्री भागमा तातो र पग्लिएर लेदो अवस्थामा रहेको पदार्थ |
| नदी | अग्लो स्थानबाट होचो स्थानतर्फ बग्ने पानीको प्रवाह |
| हिमनदी | दबाबले चिप्लिएर नियमित बग्ने हिउँको प्रवाह |
| हिम बगर | हिमनदीले ल्याएका चट्टानका टुक्रा थुप्रिएर बनेको भाग |
| वायु | गतिशिल हावा |
| क्षयीकरण | बाह्य तत्त्वले माटो र चट्टान खियाउँदै लगेर अर्को ठाउँमा थुपार्ने क्रम |
| पहिरो | भिरालो जमिनको माटो र चट्टान चिप्लिएर तल झर्ने अवस्था |
| गल्छी | पानी बगेर जमिन खिइँदा बनेको साँघुरो र गहिरो खाडल |
| धाँजा | चट्टान वा जमिनमा परेको चिरा |
| भेल | वर्षाको पानी एकैचोटि जम्मा भई जोडले बग्ने अवस्था |
| मरुभूमि | निकै कम वर्षा हुने र बालुवा बढी भएको सुख्खा क्षेत्र |
| खोँच | दुई अग्ला भूभागबिचको साँघुरो र गहिरो भाग |
| कालान्तरमा | लामो समय बितेपछि |
यहाँ अरू १ खण्ड छन् - सबै पढ्न लगइन गर्नुहोस्।