१क्षयीकरण भनेको के हो?
२पृथ्वीको सतहको भूस्वरूपमा नदीले कसरी परिवर्तन ल्याउँछ?
३भूकम्पले पृथ्वीको धरातलमा कस्तो परिवर्तन ल्याउन सक्छ, लेख्नुहोस्।
४पृथ्वीको धरातलीय स्वरूपमा परिवर्तन ल्याउन क्रियाशील आन्तरिक र बाह्य तत्त्वहरूको सूची तयार पार्नुहोस् र प्रत्येकको एक एकओटा तत्त्वको व्याख्या गर्नुहोस्।
५भूकम्प आन्तरिक तत्त्व हो तर पहिरो होइन। यो भनाइ स्पष्ट पार्नुहोस्।
६आन्तरिक तत्त्व र बाह्य तत्त्वमध्ये लामो समयमा कसले बढी काम गर्छ, कारणसहित लेख्नुहोस्।
७पहाडको माटो तराईसम्म कसरी पुग्छ, क्रमसहित लेख्नुहोस्।
८हिमनदी भनेको के हो र यसले धरातलमा कस्तो परिवर्तन ल्याउँछ?
९जनावर र वनस्पतिले पनि धरातलमा परिवर्तन ल्याउँछन्। कसरी?
१०नेपाललाई आन्तरिक र बाह्य दुवै तत्त्वको काम एकैचोटि देखिने ठाउँ भनिन्छ। कारणसहित पुष्टि गर्नुहोस्।