१पृथ्वीनारायण शाहलाई किन राष्ट्रिय विभूति भनिएको हो, प्रस्ट पार्नुहोस्।
२पृथ्वीनारायण शाह प्रजातान्त्रिक शासन प्रणालीमा विश्वास गर्थे, यस भनाइलाई पुष्टि गर्नुहोस्।
३देशको आर्थिक अवस्था बलियो बनाउन पृथ्वीनारायण शाहको दिव्योपदेशमा उल्लेख भएका महत्त्वपूर्ण कुराहरू लेख्नुहोस्।
४तपाईंलाई पृथ्वीनारायण शाहको दिव्योपदेशका कुन कुन उपदेश आज पनि सान्दर्भिक छन् जस्तो लाग्छन्? कारणसहित उल्लेख गर्नुहोस्।
५पृथ्वीनारायण शाहले नेपाल एकीकरण किन आवश्यक ठाने?
६नेपाल दुई ढुङ्गाको बिचमा रहेको तरुल हो भन्नुको अर्थ के हो?
७दिव्य उपदेश भनेको के हो र यीलाई कुन कुन क्षेत्रमा बाँड्न सकिन्छ?
८राजाका भण्डार भनेका रैतानहरू हुन् भन्ने उपदेशको अर्थ स्पष्ट पार्नुहोस्।
९नेपाल राज्य चार वर्ण छत्तिस जातको साझा फूलबारी हो भन्ने मान्यताको अर्थ के हो?
१०पृथ्वीनारायण शाहको व्यापारसम्बन्धी नीति कस्तो थियो?