१तपाईंको समुदायमा सामाजिक समस्या समाधानमा क्रियाशिल सङ्घसंस्थाहरूको सूची बनाउनुहोस्।
२विद्यालय सामाजिक सभ्यताको प्रतीक हो, यस भनाइलाई पुष्टि गर्नुहोस्।
३विद्यालयले कसरी सामाजिक समस्या समाधानमा सहयोग पुर्याउँछ, लेख्नुहोस्।
४सामाजिक समस्या समाधानमा संलग्न राष्ट्रिय सङ्घसंस्थाको सूची तयार पारी कुनै एकको भूमिका लेख्नुहोस्।
५राष्ट्रिय रूपमा कार्यरत धार्मिक, सामाजिक र सांस्कृतिक सङ्घसंस्थाले के कस्ता काम गर्छन्?
६सामाजिक समस्या समाधानमा सरकारी निकायहरूको भूमिका उल्लेख गर्नुहोस्।
७गैरसरकारी संस्थाहरूले सामाजिक समस्या समाधानमा के भूमिका खेल्छन्?
८अतिरिक्त क्रियाकलापले सामाजिक विकृति रोक्न कसरी मदत गर्छ?
९न्यायिक समितिले स्थानीय स्तरमै विवाद समाधान गर्नुको महत्त्व के हो?
१०सामाजिक समस्या समाधानमा कुनै एउटै निकायले मात्र काम गरेर किन पुग्दैन?