एकाइ २१ · सुरक्षा निकाय

सुरक्षा निकाय

सामाजिक अध्ययनविषय
१३ minअनुमानित समय

यस पाठका शब्द सुरक्षा र प्रशासनसँग जोडिएका छन्। तीनओटा निकायका नाम मिल्दाजुल्दा भएकाले ती विशेष ध्यान दिएर पढ्नुहोस्।

शब्दअर्थ
सुरक्षा निकायजिउधन, विपत् र देशको सुरक्षा गर्ने काम गर्ने सरकारी संस्था
नेपाली सेनादेशको सेना, जसले मुख्यतः देशको बाहिरी सुरक्षा गर्छ
नेपाल प्रहरीदेशभित्रको शान्ति सुरक्षा र कानुनी कारबाही गर्ने निकाय
सशस्त्र प्रहरीसीमा सुरक्षा, विपत् व्यवस्थापन र विशेष अवस्था हेर्ने निकाय
जिउधनज्यान र सम्पत्ति
दायित्वपूरा गर्नैपर्ने जिम्मेवारी
मुकाविलासामना गर्ने काम
आक्रमणअरूमाथि गरिने हमला
उद्धारजोखिममा परेकालाई निकाल्ने काम
विपत्ठुलो हानि पुर्‍याउने अकस्मात आइपर्ने घटना
दैवीप्रकोपभूकम्प, बाढी र पहिरोजस्ता प्राकृतिक विपत्
महामारीछिटो फैलिएर धेरै मानिसलाई असर पार्ने रोग
डकैतीबल प्रयोग गरी गरिने ठुलो चोरी
निगरानीनजर राख्ने काम
पक्राउकानुनबमोजिम समात्ने काम
शान्ति सुव्यवस्थासमाजमा शान्ति र नियम कायम रहेको अवस्था
आतङ्कवादी गतिविधिडर फैलाउन गरिने हिंसात्मक काम
दङ्गाभिडले गर्ने हिंसात्मक गडबडी
सशस्त्र विद्रोहहतियार प्रयोग गरी गरिने विद्रोह
भन्सारसिमानाबाट आउने जाने सामानको जाँच र कर लिने कार्यालय
राजस्वसरकारले कर र शुल्कबाट पाउने आम्दानी
चोरीपैठारीभन्सार छली लुकाएर सामान भित्र्याउने काम
बरामदगैरकानुनी सामान खोजी निकाल्ने काम
पूर्वाधारबाटो, पुल र विद्युत्जस्ता आधारभूत संरचना
🔐

यहाँ अरू १ खण्ड छन् - सबै पढ्न लगइन गर्नुहोस्।