१राज्य भनेको के हो?
२किन भूमिलाई राज्यको अनिवार्य तत्त्व मानिएको हो, स्पष्ट गर्नुहोस्।
३जनसङ्ख्यालाई मानवीय स्रोत भन्नुको कारण लेख्नुहोस्।
४सरकार राज्यको परिचालक पनि हो। उदाहरणसहित स्पष्ट पार्नुहोस्।
५किन सार्वभौमसत्ताबिना राज्यको कल्पना गर्न सकिँदैन? आफ्नो विचार प्रस्तुत गर्नुहोस्।
६संविधानलाई देशको मूल कानुन किन भनिन्छ?
७राज्य र सरकारबिच के फरक छ?
८समाज र राज्यबिच के फरक छ?
९राज्यका पाँच तत्त्वले कुन कुन प्रश्नको जवाफ दिन्छन्?
१०नेपालको संविधानले राज्यशक्तिलाई कसरी वितरण गरेको छ?